Advertisement
Advertisement
Advertisement
Advertisement

जीवन जिउने कला सिक्दै विद्यार्थी

  |      21:10:00   |  
जीवन जिउने कला सिक्दै विद्यार्थी

असोज १५, बाँके, नेपालजञ्ज । गेरुवागाउँपालिका जनकनगर गाउँघर भएका किशोर अवस्थाका आकाश थारु (नाम परिवर्तन) ले केही महीना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । कारण प्रेममा असफल, मानसिक तनाव । 

त्यस्तै केही समयको अन्तरालमा सोही प्रकृतिका घटना वारबर्दिया नगरपालिका जब्दीगाउँका र नेउलापुर गोविन्दपुरमा पनि दोहोरियो । 

 

पछिल्लो समय यी र यस्तै घटना भइ किशोरावस्थाका छात्रछात्रा बरालिने, कुलतमा फस्ने, बीचैमा पढाइ छाड्ने, मानसिक तनावको सिकार हुने, र आत्महत्या गर्ने क्रम बढेका छन् । यस्तै घटनालाई न्यूनिकरण गर्न किसान मावि फच्कहवा राधाकृष्ण थारु बङ्गलामुख गुलरिया त्यसैगरी हिमालय आधारभूत विद्यालय, बगनाहामा किशोर किशोरीका माझ ‘द आर्ट अफ लिभिङअर्थात् जीवन जिउने कला’ प्रस्तुत गरिएको छ । 

 

लामो समयदेखि बर्दियालगायत देशैभरि जीवन जिउने कला सिकाउँदै हिँडेका गुरु कञ्चन घिमिरेले सञ्चालन गरेको तीन घण्टे अवधिमा सहभागी झण्डै १०० विद्यार्थी उत्साही देखिन्थे । विभिन्न सफलताका कथा, प्रेरक वाणी र प्रविधिका माध्यमबाट सञ्चालन गरिएको सो तालीममा विद्यार्थीले आफू कसरी जिउनेका अलावा कसरी पढ्ने, के गर्ने के नगर्ने, स्मरण शक्ति कसरी बढाउने, दिमागको सही उपयोग कसरी गर्ने, किशोर अवस्थामा हुने शारीरिक आकर्षण र विकर्षण, कुलतबाट बच्ने उपाय सिकेका थिए । 

 

तीन घण्टे अवधिमा कक्षा ७ र ८ मा अध्ययनरत छात्रछात्रा कोही बेस्सरी हाँसे भने कोही धुरुधुरु रोएर कक्षा सम्हाल्न हम्मेहम्मे परेको थियो । विद्यार्थीलाई जब उनीहरूले घर र विद्यालयमा गुमाएको समयको बारेमा ज्ञात गराइयो, जब आफ्नो लागि मरिमेट्ने आमा बुबाको स्मरण गर्न लगाइयो, उनीहरूले दिलदेखि यसरी अनुभूत गरेको भन्दै आँशु थाम्न सकेनन्, विगतमा आफूहरूले ठूलो भुल गरेको बताउँछन् र प्रायश्चित गर्दै आफूहरू सही मार्गमा हिँड्ने प्रतिबद्धता विद्यार्थीले जाहेर गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement