Advertisement
Advertisement
Advertisement
Advertisement

जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी

  |      00:00:00   |  
वेब तस्विर
वेब तस्विर
साउन १३, जाजरकोट । जाजरकोट, डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग पढ्न थालेको छ । 
 
डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा भाडादर सर्वसाधारणले थेग्न नसकेको कारण घोरेटाहरुमा अझै खच्चडका लस्कर मात्र देखिन्छन् । जाजरकोट र डोल्पामा दैनिक ४०० भन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्यवस्तु र निर्माण सामग्री ओसार्ने गरेको सम्बद्ध व्यवसायी बताउँछन् । 
 
चामल, चिनी, तेल, नुन, ग्यास, दाललगायत खाद्यान्न तथा लत्ताकपडा, पुस्तक र सिमेन्ट, छडलगायत विकास निर्माण सामग्री घोडा–खच्चडबाटै ढुवानी गर्ने गरिएको छ । जाजरकोट र रुकुमका विभिन्न बजारबाट दैनिक ४०० खच्चडले डोल्पातर्फ सामान ओसापसार गर्ने गरेको खगेनकोटका पूर्णबहादुर खत्रीले बताउनुभयो । गत वर्ष सरकारले एक वर्षभित्र मोटरबाटो पु¥याउने भने पनि तल्लो डोल्पामा मात्र यातायातका साधनहरु सञ्चालन हुन सकेका छन् । जाजरकोट–दुनै सडक निर्माणमा संलग्न सैनिक कार्यदलले यो वर्षभित्र दुनैमा सडक पुग्ने बताएको छ । यातायातको साधनका रुपमा हवाई सेवा छ तर नियमित तथा भरपर्दो छैन । खच्चडबाट ढुवानी गर्दा भन्दा निकै महँगो पनि पर्ने जुफाल त्रिपुराकोटका रामबहादुर न्यौपानेले बताउनुभयो । 
 
“खच्चडले रु ६० प्रतिकिलोमा ढुवानी गर्ने सामान जहाजले १५० लिन्छ,” उहाँको भनाइ छ । दैनिक घोडा–खच्चडले ढुवानी गर्दा पनि डोल्पामा खाद्यान्न र विकास निर्माण सामग्री अभाव हुने गरेको न्यौपानेको भनाइ छ   ।
 
जाजरकोटको तल्लुबगरसम्म यातायात सञ्चालन हुने गरेको छ । कच्ची सडक, विभिन्न खोलामा पुल नहुँदा यातायात नियमित बन्न नसक्दा डोल्पा लैजाने सामग्री टाढाको दूरीबाटै खच्चडद्वारा ढुवानी हुने गरेको छ । सेनाले जाजरकोट–डोल्पा सडक निर्माण कार्यलाई तीव्र पारेको छ । वर्षायाम भएका कारण अहिले अधिकांश जाजरकोट सडकखण्ड बन्द भएका छन् 
 
चालु वर्षमा डोल्पा खण्डमा भिर काट्ने कार्य जारी भएको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । जाजरकोट र डोल्पामा सडक निर्माण कार्य तीव्र भए पनि वर्षाको कारण सडक भत्किएपछि सबै यातायातका सेवा ठप्प भएको हो । अहिले खच्चडको भरमा ढुवानी कार्य सञ्चालन हुँदै आएको छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement