Advertisement
Advertisement
Advertisement
Advertisement

जन्मदिनमा केक हैन, बिरुवा रोपौँ

  |      21:50:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १७, सुर्खेत ।  पछिल्लो समयमा जन्म दिवस मनाउनु नेपालमा संस्कारजस्तै भएको छ । 

जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो कुरा हो, तर हिजोआज नेपाली समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाएको पाइन्छ । यसको प्रभाव शहरी क्षेत्रमा नै बढी देखिन्छ । 

 

जन्मदिनको महत्वलाई अनुत्पादक बनाउँदै लैजाने संस्कारलाई रुपान्तरण गर्न र यो अवसरलाई मानव जीवन पद्धतिको दिगो तथा न्यायोचित सहयोगी बनाउन जुम्लाकी एक बालिकाले उदाहरणीय काम गर्नुभएको छ । 

 

एशिया इन्टरनेश्नल मोडेल इङ्लिस विद्यालय (एम्स) जुम्लाको कक्षा ७ मा अध्ययनरत छात्रा रीता पछाइले बुधबार आफ्नो १३ औँ जन्मदिनको अवसरमा धुपीको बिरुवा रोपेर सबैलाई वातावरण संरक्षण गर्न सन्देश दिनुभयो । 

 

हजारौँ रुपैयाँ खर्च गरेर धनीले मात्र जन्मदिवस मनाउन सक्छन् भन्ने मानसिकतालाई निरुत्साहित गर्न र मानव गतिविधिकै कारण वातावरणमा परेको नकारात्मक प्रभाव कम गर्न बिरुवा रोपिएको छात्रा पछाइले बताउनुभयो । 

 

उनले भनिन्, “फेरिएको जीवनशैली एवं विकासका नाममा दिनहुँ भित्रिने प्लाष्टिकजन्य सामग्रीले आज वातावरण प्रदूषित बन्दै गएको र जलवायुमा प्रतिकूल असर परेको छ, जसबाट हामी निर्दोष बालबालिका पनि प्रभावित छौँ ।” 

 

“धेरैले जन्मदिवसको महत्वलाई पैसाको दम्भसँग साटेको देख्छु, केक काटेर खानेभन्दा नाक मुखमा पोतेको देख्दा उदेक लागेर आउँछ, जसको उपलब्धि सामान्यतः अधिक खुशी साट्नुबाहेक अन्य त्यस्तो केही देख्दिन,” छात्रा पछाइले भनिन् । त्यतिमात्र होइन, उहाँले हरेकलाई आफू धर्तीमा टेकेको दिनलाई होटल, प्लाष्टिक र बोतलसँग नजोडी रुख रोपेर मानवतावादी कर्ममा समाहित हुन आग्रह गर्नुभयो । 

 

एम्स स्कूलका संस्थापक मनोज बुढाथोकी मगरले बालबालिकाको जन्मदिनलाई केक चकलेटसँग नभई ज्ञान विज्ञानसँग जोडिएको बताउनुभयो । “सभ्य संस्कारको जननी समाज हो, सुसंस्कार सिकाउने समाजभित्र कुनै एक परिवार मात्र नभई त्यसमा अपेक्षित भूमिका राख्ने एउटा अंग विद्यालय पनि हो, जसले सही संस्कृति, संस्कार, सभ्यता, ज्ञान, सीप र अवधारणा विजारोपण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ,” संस्थापक बुढाथोकी मगरले भन्नुभयो । 

 

उक्त स्कूलका प्रधानाध्यापक चन्द्रबहादुर महतले छात्रा पछाइले रुख रोपेर मानव, वन र वातावरणबीच अन्योन्याश्रित सम्बन्ध छ भन्ने महत्व दर्शाएको बताउनुभयो । यद्यपि यो कार्यलाई समाजले अनुशरण गर्नुपर्नेमा उहाँको जोड छ । 

 

उहाँका अनुसार केही समययता गरीब, असहाय, अशक्त, अनाथ बालबालिका र सरसफाइ क्षेत्रमा योगदान पु¥याउन एम्सले विद्यालयमा अध्ययनरत बालबालिकाको जन्मदिन सबैका लागि प्रेरणादायी स्रोत भएको जानकारी दिनुभयो । 

 

दुई वर्षदेखि सञ्चालनमा आएको आधारभूत तहको उक्त विद्यालयमा हाल ८८० बालबालिका अध्ययनरत छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement