Advertisement
Advertisement
Advertisement
Advertisement

जघन्य र ठूला अपराध संख्यामा कमी

  |      12:30:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ९, काठमाडौं ।  महानगरीय प्रहरी परिसर काठमाडौंमा आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न किसिमका अपराधका मुद्दा संख्यामा ३३ प्रतिशतले बृद्धि भएपनि जघन्य तथा ठूला अपराधका मुद्दाको संख्यामा कमी आएको छ । 

“आ.व. २०७३/०७४ को तुलनामा २०७४/०७५ मा मुद्दा बढे पनि जघन्य र ठूला अपराध संख्यामा कमी आएको छ,”– परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले भने । आ.व. २०७३/०७४ मा चार हजार ५८२ मुद्दा दर्ता भएको थियो । 

गत आ.व.मा ६ हजार ८४१ मुद्दा दर्ता भएका थिए । परिसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, खोटाचलन, ठगी, लागूऔषध, अपहरण, तथा शरीर बन्धक, साइबर अपराधलगायतमा अपराधमा उक्त मुद्दा दर्ता भएका हुन् । 

परिसरका अनुसार सबैभन्दा बढी २०७५ असारमा ८६७ र सबैभन्दा कम २०७४ साउनमा ३८९ मुद्दा दर्ता भएका छन् । परिसरले छ हजार ८४१ मुद्दामा नौ हजार १०२ जनालाई पक्राउसमेत गरेको छ । परिसरका प्रमुख पोखरेलले परिसरमा दर्ता भएका मुद्दामध्ये पाँच हजार ९७६ मुद्दाको फछ्र्योट गरिसकिएको र बाँकी ८६५ मुद्दा फछ्र्योट गर्न बाँकी रहेको जानकारी दिए । 

परिसरका अनुसार आव २०७३/०७४ को तुलनामा आ.व. २०७४/०७५ मा कर्तव्य ज्यान, सुनडाँका, खोटाचलन, ठगी, लागूऔषध, हातहतियार, जबर्जस्ती करणीलगायतका घटना बढे पनि ज्यान मार्ने उद्योग, डाँका चोरी, अपहरण, संगठित अपराध, मानव बेचबिखनलगायतका घटनामा कमी आएको छ ।  यस्तै परिसरले रक्तचन्दन बरामद, पेस्तोल बरामद, जुवाको खालमा रकम बरामद, हुण्डीको रकम बरामद, नक्कली नेपाली नोट बरामद, अवैध भारतीय नोट बरामद, चोरी गरेको मोटरसाइकल बरामद, विश्वकप फुटबल र आइपीएल क्रिकेटमा सट्टेबाजी गर्नेलाई पक्राउसमेत गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement