Advertisement
Advertisement
Advertisement
Advertisement

छाउगोठ भत्काएपछि ओडार

  |      11:50:00   |  
वेब तस्विर
वेब तस्विर

वसन्तप्रताप सिंह

पुस १९, बझाङ — चारैतिर हिउँले ढाकेको छ । चिसो हावाले ठिहिर्‍याउन थालेको छ । सामान्य लुगामा उनले ५ रात ओडार काट्नुपर्ने छ । डेढ वर्षको शिशुको साथ छ । साइपाल गाउँपालिकाको धुलीमा भत्काइएका छाउगोठ बारबेर पारेर बसिरहेका महिला र बालबालिका । साइपाल गाउँपालिका–४, धुलीकी उजली रोकाया भन्छिन्, ‘हामी त जसोतसो रात कटाइहाल्छौं, बच्चालाई चिसोले असर गर्ला भन्ने डर लाग्छ ।’ गत वर्ष जेठमा यहाँका सबै छाउपडी गोठ जनप्रतिनिधि र कर्मचारीले भत्काइदिए ।साइपालका महिनावारी हुने उमेरका अधिकांश महिलाको यस्तै नियति छ । महिनावारीका बेला वर्षौंदेखि बस्दै आएको गोठ भत्काइएसँगै कतिपय ओडारमा बस्दैछन् भने कतिपयले भत्केकै गोठलाई बारबेर गरेका छन् ।

 

‘घरमा कोही थिएनौं, सबै काममा गएका थियौं, कतिबेला आएर छाउखुल्लो  छाउगोठ भत्काइदिएछन्’, धुलीकी विरती रोकायाले भनिन्, ‘हामी त लाँगो  लाँगा देवता मान्ने मान्छे, कसरी घरभित्र बस्नु ? उनी त्यही बेलादेखि ओडारमा बस्ने गर्छिन् । उनले यसअघि आफू बस्दै आएको छाउगोठ दुईतले घरजस्तै थियो । ‘छाउगोठजस्तो थिएन, माथिल्लो तलामा पलङसहित सुत्ने व्यवस्था मिलाइएको थियो,’ उनले भनिन्, ‘झ्याल–ढोकामा चुकुल लगाउने व्यवस्था थियो ।’ गाउँपालिकाले गोठ भत्काइँदै छ भनेर जानकारीसम्म दिएन । ‘छाउ  भएको दोस्रो दिन म नुहाएर आउँदा गोठ भत्काएर गइसकेका रहेछन्, हामीलाई एकपटक पनि सोधेनन्,’ वडा ३, काँडाकी जंगमती बोहराले भनिन्, ‘त्यही दिनदेखि पाल टाँगेर बस्न थालेकी छु ।’गाउँपालिकाले कारबाही गर्ने डर छ । ‘भत्काएको छाउगोठ फेरि बनाए कारबाही गर्छौं भनेका छन्,’ उनले भनिन्, ‘त्यसैले जाडो सहेरै पनि बाहिर बसिरहेका छौं ।’

 

गाउँपालिकाले छाउगोठमुक्त गाउँपालिका घोषणा गर्नका लागि ३ लाख रुपैयाँ विनियोजन गरेको र सोही रकम सिध्याउन जबर्जस्ती गोठ भत्काएको महिलाको आरोप छ । लासीकी शंकधारा बोहराले भनिन्, ‘उनीहरूले ३ लाख खान गोठ भत्काए । अहिले हामीले जाडोमा कठ्यांग्रिनुपरेको छ ।’गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने गाउँपालिकाले नभई स्थानीय महिलाले स्वस्फूर्त गोठ भत्काएको बताए । उनले भने, ‘हामी त स्थानीय महिलाको पछाडिमात्र गएका हौं ।’ उनले महिलालाई २ दिनको तालिम दिएपछि गोठ भत्काएको बताए । तीन लाख रुपैयाँ तालिम र जनचेतनामूलक सडक नाटकमा खर्च गरिएको उनको दाबी छ ।

महिलाहरू ओडारमा बस्न बाध्य भएको बारेमा आफूले सुनेको बताउँदै उनले छाउपडी गोठपुनर्निर्माण गर्न गाउँपालिकाले रोकेको जानकारी दिए । ‘बस्ने भए घरभित्रै बस्नुहोस्, छाउपडी गोठ बनाउन पाइँदैन भनेका छौं,’ उनले भने, ‘गाउँपालिकाको नीति सबैले मान्नुपर्छ ।’

कान्तिपुर खबरमा प्रकाशित


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement