Advertisement
Advertisement
Advertisement
Advertisement

चिया पिउन छाडिदिनू, बन्नुहुनेछ करोडपति !

  |      10:23:00   |  
web imege
web imege

पुस १५, काठमाडौं । चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हो । यो कुरा थाहा पाएर पनि अक्सर नेपालीहरुले दिनको सुरुवात चियाको चुस्कीबाटै गर्छन् । 

घरमा एकाबिहानै उठेर चिया पिउनु आम नेपालीको घरको नियमित कार्यजस्तै भइसकेको छ । कामकाजी मानिसहरुले त दैनिक चिया केही कप पिउँदा समेत धित मर्दैन । घरबाट अफिस वा काममा हिँडेपछि पनि चियाको चुस्कीको लतले छाड्दैन । जाडो भगाउने नाममा चिया र चुरोट सेवन गर्नेहरुको संख्या पनि नेपालमा धेरै नै छ । 

तर के तपाईलाई थाहा छ ? चिया पिउन कम गर्दा वा पिउनै छाड्दा स्वास्थ्यलाई जति फाइदा हुन्छ, त्योभन्दा बढी यदि त्यसमा हुन खर्च जोगाएर नियमित लगानी गर्न सके त्यसले तपाईलाई करोडपति बनाइदिनसक्छ । यदि युवा उमेरबाटै चिया वा चुरोटको लत लागेको छ भने त्यसलाई घटाएर वा छाडेर योजनाबद्ध ढंगले सानो रकम लगानी गर्नुभयो भने तपाई हेर्दा हेर्दै करोडपति बन्नसक्नुहुनेछ । 
कसरी ?
यहाँ एउटा सामान्य हिसाब गरौं । तपाईले दैनिक २ पटक चिया पिउनुहुन्छ भने त्यसको मूल्य ५० रुपैयाँ मानिदिनुस् । साथमा चुरोट समेत सेवन गर्ने बानी छ भने त त्यो खर्च अझ बढेर दैनिक न्यूनतम १०० रुपैयाँ हुनसक्छ । 

यी दुवै उदाहरणलाई हेरौं । यदि तपाईको चियामा दैनिक ५० रुपैयाँ खर्च भइरहेको छ भने त्यसलाई जोगाउनुस् र लगानी गर्नुस् । 

यस्तै, १०० रुपैयाँ खर्च हुन्छ भने त्यसलाई पनि पूरै जोगाएर लगानी गर्न थाल्नुस् । 

नेपालमा सिस्टेमिक इन्भेष्टमेन्ट प्लान९एसआइपी०मा लगानीका विभिन्न विकल्पहरु उपलब्ध छन् । यस्ता स्किम खुल्लामुखी म्युचुअल फण्ड हुन्, जसमा तपाईले लामो अवधिका लागि सिस्टेमिक ढंगले लगानी गर्न सक्नुहुन्छ । 

नेपालका एसआइपीहरुको कुरा गर्ने हो भने तिनीहरुको वार्षिक औसत प्रतिफल १५ प्रतिशत छ । कतिपयको त २० प्रतिशत पनि हुन्छ। 
औसतमा १५ प्रतिशत मात्रै वार्षिक रिटर्न राखेर हिसाब गरौं र हेरौंस्
यदि तपाईको उमेर २० वर्ष छ र तपाईले चियाको खर्च जोगाएर लगानी गर्नुभयो भने दैनिक ५० रुपैयाँको दरले तपाईको मासिक १५०० रुपैयाँ जोगिनेछ । मासिक १५०० वार्षिक १५ प्रतिशत रिटर्न आउने एसआइपीमा लगानी गर्नुभयो र यो क्रमले ४० वर्षसम्म निरन्तरता पायो भने तपाईले ६० वर्षको उमेर भएपछि एकमुष्ट ४ करोड ७१ लाख रुपैयाँ पाउनुहुनेछ । त्यसबेलासम्म तपाईको लगानी ७ लाख २० हजार रुपैयाँ मात्र हुनेछ । 

यदि मासिक १५०० रुपैयाँ नियमित रुपमा ४० वर्षसम्म जम्मा गर्नुभयो र वार्षिक रिटर्न औसतमा २० प्रतिशत पाउनुभयो भने तपाईले चिया खर्च जोगाएर ६० वर्षको उमेरमा एकमुष्ट २५ करोड ५२ लाख रुपैयाँभन्दा बढी रिटर्न पाउनुहुनेछ । 

यदि तपाई २० वर्षको हुनुहुन्छ र चिया तथा चुरोटमा लत बसेको छ भने त्यो बानी छाडेर दैनिक १०० का दरले मासिक ३ हजार रुपैयाँ एसआइपीमा लगानी गर्नुस् । ४० वर्षसम्म मासिक ३ हजारको दरले एसआइपीमा लगानी गर्दा वार्षिक औसत १५ प्रतिशतको दरले रिटर्न भयो भने ६० वर्षको उमेरमा तपाईसँग ९ करोड ४२ लाख रुपैयाँ हुनेछ। 

यदि मासिक ३ हजारको दरले ४० वर्षसम्म लगानी गर्दा एसआइपीको वार्षिक रिटर्न २० प्रतिशत रह्यो भने ६० वर्षपछि तपाईले एकमुष्ट ५१ करोड रुपैयाँ पाउनुहुनेछ । 

मासिक ३ हजार लगानी गर्दा तपाईले चिया चुरोट छाडेर ४० वर्षसम्म लगानी गरेको सावा रकम १४ लाख ४० हजार रुपैयाँ मात्र हो । 

चियाचुरोट छाडेर बेलैमा लगानी गरी बुढेसकालमा करोडपति हुने कि ? चिया चुरोटको लतमा फसेर भएको अलि अलि पैसा पनि सक्ने । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement