Advertisement
Advertisement
Advertisement
Advertisement

चितवन जिल्लामा ८१ महिला मतदान अधिकृत, बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला

  |      17:53:00   |  
चितवन जिल्लामा ८१ महिला मतदान अधिकृत, बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला

वैशाख २८, चितवन । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला  छन् ।

यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । यस मतदानस्थलमा तीन हजार ३४२  मतदाता  छन् । उनका अनुसार ४५१ केन्द्रमध्ये ८१ केन्द्रमा महिला अधिकृत खटिएका हुन् । महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उनीहरुलाई जिम्मेवारी दिइएको उनले बताए ।  

जिल्लामा रहेका दुई मतदान केन्द्रमा ५०० भन्दा कम मतदाता छन् । इच्छाकामना गाउँपालिकाका दुई केन्द्रमा ५०० भन्दा कम मतदाता  हुन् । ती मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटिएको र अन्य केन्द्रहरुमा पाँच जनाका दरले कर्मचारी खटिएको उनले जानकारी दिए । उनका अनुसार मतदान अधिकृतले मतदानस्थलमा तीनजना स्वयम्सेवक कर्मचारी नियुक्ति गरी आजदेखि निर्वाचनको काम सुरु गरेका छन् ।

निर्वाचनको कामअन्तर्गत आज मतदानस्थलभन्दा तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणित गर्ने, सर्वदलीय बैठक राख्ने, मतदाता परिचयपत्र वितरण गर्ने, निर्वाचन शिक्षा दिने लगायतका कामहरु भइरहेको उनले बताए । जिल्लाभर तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ महिला, एक लाख ९३ हजार १८ पुरुष र एकजना तेस्रो लिङ्गी  छन् । 

कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता  छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement