Advertisement
Advertisement
Advertisement
Advertisement

चितवनमा बेसहारा दिदीबहिनीको घर बनाउँदै सामाजिक अगुवा

  |      16:00:00   |  
चितवनमा बेसहारा दिदीबहिनीको घर बनाउँदै सामाजिक अगुवा

असोज १, चितवन । बर्सात्का समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन शुरु गरेका छन् । निषेधाज्ञाका समयमा दुःख परेकाहरुलाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर बनाउन शुरु गरेको हो । 

खैरहनी नगरपालिका–८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले कालिका नगरपालिका–५ मा घर बनाइदिन शुरु गर्नुभएको हो ।  गजुरेलले भन्नुभयो, “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको िबजोग अवस्था देखेर हामीले सहयोग जुटाएर घर बनाउन थाल्यौँ ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अवस्थाका बारेमा लेखेपछि गजुरेलसहितका अगुवा समूहले शुरुमा उनीहरुलाई छ महिना खानाको व्यवस्था गर्यो । बिनामास्क माग्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका थिए । 

गजुरेलले थप्नुभयो ,“लाठीले बोरा अड्याएर मुसलधारे वर्षामा बसेको देखेर हामीले शुरुमा त्रिपाल, म्याट र टर्चलाइट दियौँ ।” पछि मन नमानेर घरै बनाउन सहयोग जुटाउन थालेको उहाँको भनाइ छ । दुई बहिनीकै थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिन शुरु गरेको छ । हालसम्म रु दुई लाख ५० हजार सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो । टिनले छाएको घर सम्पन्न हुन रु तीन लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । 

गत भदौ २८ गतेदेखि स्थानीयवासीसँगै अगुवाले श्रमदान शुरु गर्नुभएको थियो । हालसम्म डिपिसीको काम भइसकेको भन्दै उहाँले सहयोग जुटिरहेको र छिट्टै घर सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । जापानको योकायामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले आफूले रु एक लाख ४० हजार र साथीभाइसँग रु ६७ हजार २०० सङ्कलन गरी पठाइसक्नुभएको छ । अमेिरकामा रहनुभएकी जयन्ती थापाले घर बनेपछि कपडाका लागि रु १५ हजार पठाइसक्नुभएको छ । 

अन्य व्यक्तिले पनि पठाउने क्रम जारी  छ । गजुरेलका अनुसार दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा बिहे भए पनि श्रीमान्ले छाडेपछि तिनले स्थानीयवासीको गाईभैँसी चराउने काम गरेका थिए । जसको पिँढीमा बस्न पाइन्छ त्यहीँ बस्नेखाने गरेका उनीहरु पछिल्ला दिनमा बेसहारा भएर त्यहाँ बोराको ओत लागेर बसेका थिए । राससका अनुसार उनीहरू बसेको जग्गा ती दुई बहिनीमध्ये एकको श्रीमान् रहेको र उनी गैँडा तस्करीको अभियोगमा कारागारमा भएकाले उनीहरुको पनि रेखदेख गर्ने अवस्था नरहेको गजुरेलको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement