Advertisement
Advertisement
Advertisement
Advertisement

चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप लगाइने

  |      11:34:00   |  
Web Image
Web Image

फागुन १, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने जनाएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले कोभिडको तेस्रो लहरका कारण शिक्षा क्षेत्र प्रभावित भए पनि शैक्षिक सत्रमा प्रभाव नपर्ने गरी प्रबन्ध गरिएको बताए। 

मन्त्री पौडेलले भने, “शैक्षिकसत्र क्षति नहुने गरी एसइईको परीक्षा तालिका सार्वजनिक गरेका छौँ । स्थानीय तहको चुनाव लगत्तै प्लस टुको परीक्षा गर्छौं । सबै विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेका छौँ ।”

उनले आफू मन्त्री भएपछि १८ हजार शिक्षकको पदपूर्ति तथा बढुवाको प्रक्रिया सुरु भएको, सार्वजनिक शिक्षा सुधारका लागि योजना बनाइएको, चर्को शुल्क लिने मेडिकल कलेजलाई सचेत गराइएको, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय जमलमा निर्माण गर्न लागिएको, त्रिविको परीक्षा प्रणालीमा सुधार गरिएको र शिक्षक अस्पताल चितवनमा निर्माण हुने  निश्चित गराइएको बताए ।

मन्त्री पौडेलले उच्च शिक्षा, सङ्घीय शिक्षा, प्राविधिक शिक्षा ऐन ल्याउन संसद्को गतिरोध सहज हुनेबित्तिकै छलफलका लागि पठाइने जनाउँदै सबै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन लागिएको उल्लेख गरे । उनले आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गराइने प्रतिबद्धता पनि व्यक्त गरे ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement