Advertisement
Advertisement
Advertisement
Advertisement

चाडपर्वले छुँदैन चन्द्रकुमारीलाई

  |      11:12:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २६, पर्वत ।  शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायत कार्यक्रमले भ्याइनभ्याइ छ । कुश्मा नगरपालिका–१ पाङको माझी बस्तीका चन्द्रकुमारी माझीलाई भने तीजको कुनै वास्ता छैन । उनी लगायत माझी बस्तीका महिला तथा पुरुष कालीगण्डकी किनारमा बालुवा छान्नमै व्यस्त छन् । 

 

“दिनभर बालुवा नछाने भोकै बस्नु पर्छ,” चन्द्रकुमारीले भनिन्, “हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन् । फुर्सद र धन भए पो चाडपर्व ।” पोखरा–बागलुङ राजमार्गअन्तर्गतको कालीगण्डकी किनारमा करीब १५० माझी परिवारको बसोबास छ । पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालमा धादिङ, गोरखा र तनहुँलगायतबाट आएका उनीहरु यही छाप्रो बनाएर बसेका हुन् । उनीहरूसँग न त लालपूर्जा छ न गाँसको नै ठेगान । राजमार्गको काम सकिएपछि माझी बेरोजगार बनेका हुन् । 

 

“उर्लेको कालीगण्डकीमा जोखिम मोलेरै बालुवा निकाल्नु पर्ने बाध्यता छ,” स्थानीयवासी कला माझीले भनिन् । नियमित आम्दानीको स्रोत नभएपछि बालुवा निकाल्ने र गिट्टी कुट्नु बाहेक अन्य विकल्प नभएको उनको भनाइ छ । वर्षाका बेला कालीगण्डकीको भेलले बगाउने बालुवा किनारमा थुपारेर हिउँदभर बेच्ने उनहरुको मुख्य पेशा हो । “बर्खामा बाढी आउँदा बालुवा निकाल्नै सकिन्न,” कलाले भनिन्, “बालुवा नछाने भोकभोकै बस्नु पर्छ ।” महिला बिहानैदेखि बालुवा निकालेर नदी किनारमा थुपार्छन् । केहीले बङ्गुर र कुखुरा पालेका छन् । 

 

कुश्मा, बागलुङ र बेनीका निर्माण व्यवसायीले माझीबाट प्रतिट्याक्टर रु. तीन हजारदेखि रु. पाँच हजारमा बालुवा खरदि गर्छन् । व्यवसायीले सो बालुवा बजारमा रु. १० हजारसम्ममा बिक्री गर्छन् । बालुवा बिक्रीमा व्यवसायीले लगाएको एकाधिकारकै कारण श्रमिकले सिधै बिक्री गर्न पाउँदैनन् । यहाँका बालबालिकाले पढ्न पाएका छ्रैनन् । विसं २०६३ मा स्थापना गरिएको विद्यालयमा ३ कक्षासम्म मात्र पठनपाठन हुन्छ । उपल्लो कक्षा पढ्न बागलुङ सदरमुकाम पुग्नु पर्छ । त्यहाँसम्म दैनिक आउजाउ गर्दा रु. २० बस भाडा तिनुपर्छ । भाडा तिर्न नसक्दा कतिपयले छोराछोरीलाई विद्यालय पठाउने गरेका छैनन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement