Advertisement
Advertisement
Advertisement
Advertisement

चरनक्षेत्र जोगाउन चिउरी रोप्दै किसान

  |      00:00:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १८, रत्ननगर । मौरीको चरनक्षेत्र जोगाउन मौरीपालक किसानले चिउरीका विरुवा रोप्न थालेका छन् । भण्डारास्थित मौरीपालन विकास कार्यालयले उत्पादन गरेको विरुवा विभिन्न जिल्लाका किसानले लगेर रोपेको कार्यालय प्रमुख शिव रिजालले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार भण्डाराबाट अहिलेसम्म किसानले ३४ हजार चिउरीका विरुवा लगिसकेका छन् । किसानले दाङमा १० हजार चितवनमा पाँच हजार, मकवानपुरमा पाँच हजार, रौतहटमा तीन हजार, सर्लाहीमा पाँच हजार, बाँकेमा दुई हजार ५००, भक्तपुरमा तीन हजार विरुवा वितरण भएको कार्यालयकोे तथ्यांकमा उल्लेख छ । 
रुपन्देहीलगायत विभिन्न जिल्लाका किसानले छुट्टाछुट्टै रुपमा ५० हजार १०० चिउरीका विरुवा लगेर रोपको कार्यालयका प्राविधिक सहायक बाबुराम पन्तले बताउनुभयो । 

 

अधिकांश मौरीपालक किसानले स्थानीय पहाडी क्षेत्रका सामुदायिक वनसँग सहकार्य गरेर चिउरीका विरुवा रोपेको नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । चितवनको चेपाङ गाउँ सिद्धिको बटौली सामुदायिक वनलगायत क्षेत्रमा मौरीपालक किसानको सहभागितामा वृक्षारोपण भइसकेको उहाँको भनाइ थियो। सो वृक्षारोपणमा चेपाङको समेत सहभागिता थियो । 

 

मह उत्पादनका लागि चिउरीको रस महत्वपूर्ण मानिन्छ । चिउरीको मह औषधिको रुपमा समेत प्रयोग हुने भएकाले उभोक्ताले बढी मन पराउँछन् । पछिल्लो समयमा मौरीको चरनक्षेत्र नास हुँदै गएकाले चरनक्षेत्र जोगाउन यसरी चिउरी रोप्न थालिएको सम्बद्ध किसानले बताए । राज्यले नै नीति ल्याएर चरनक्षेत्र जोगाउनुपर्ने उनीहरुको धारणा थियो । 

 

चरनक्षेत्र जोगाउन नसके मौरीपालन नै प्रभावित हुने भएकाले कार्यालयले विरुवा वितरण थालेको उक्त कार्यालय प्रमुख शिव रिजालले बताउनुभयो । नेपाल मौरीपालक संघ चितवन शाखाका अध्यक्ष रोशन पण्डितले पछिल्लो समयमा खेतीबालीमा बढ्दो विषादीका कारण मौरीको चरन प्रभावित भएको र उचित संरक्षण नहुँदा प्राकृतिकरुपमा रहेका चरन क्षेत्रसमेत घट्दो क्रममा रहेको बताउनुभयो । 

 

नेपालका पाँच हजार बढी मौरीपालक किसानले करीब दुई हजार चार सय मेट्रिकटन मह उत्पादन गर्छन् । चितवनमा करीब आठ सय मेट्रिकटन मह उत्पादन हुने नेपाल मौरीपालक महासंघले जनाएको छ । 

 

चितवनमा विसं २०५१ बाट मौरीपालन शुरु भएको हो । अहिले ३५० भन्दा बढी किसान मौरीपालन व्यवसायमा लागेका छन् । विशेष गरी मेलिफेरा मौरी व्यावसायिकरुपमा पालिन्छ । नेपालमा मेलिफेरा ५० हजार र सेरेना मौरी एक लाख बढी गोला रहेको अनुमान छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement