Advertisement
Advertisement
Advertisement
Advertisement

घरेलु हिंसाका अधिकांश उजूरीमा मिलापत्र

  |      17:30:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १६, राजविराज । आर्थिक वर्ष २०७४/०७५ मा दर्ता भएका अधिकांश घरेलु हिंसाका उजूरी मिलापत्र भएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका उजूरी मिलापत्र भएको पाइएको छ । आव २०७४/०७५ मा दर्ता भएका २४५ वटा घरेलु हिंसाका उजूरीमध्ये १६९ वटा उजूरीमा दुवै पक्षबीच आपसी सहमति भएको सेवा केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले बताउनुभयो । 

 

घरेलु हिंसाको उजूरीमा गरिने छलफलमा दुवै पक्ष औषधोपचार खर्च र क्षमायाचना पछि मिल्न राजी हुने हुँदा अधिकांश उजूरीमा सहमति हुने गरेको प्रहरी निरीक्षक तुम्बाहाम्फेले जानकारी दिनुभयो । 

 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार निवेदकले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएपछि गाउँ, घरपरिवारमा मिल्न दबाब सिर्जना भई सहमतिको सम्भावना बढने गरेको छ । 

 

२०७४ साउनदेखि २०७५ असारसम्ममा २४५ उजूरीमध्ये खान लगाउन नदिई कुटपिट गरी घर निकाला गरेको ३४, खान लगाउन नदिएको ३१, मादकपदार्थ सेवन गरी कुटपिट गरेको १४, विवाह दर्ता र नागरिकता प्रमाणपत्र बनाएको १२, दाइजो नल्याएको भनी यातना दिएको सात, बहुविवाहको धम्की दिइएको २४, दोस्रो पत्नी ल्याई हेला गरेको तीन उजूरी परेको थियो । 

 

सेवा केन्द्रका आर्थिक शारीरिक र मानसिक यातना दिएको अन्य १२० उजूरीसमेत दर्ता भएका थिए । मिल्ने अवस्थासम्म प्रहरीमा मिलापत्र गराउने भएका कारण मुद्दाका पीडित र आरोपित पक्षलाई राखी उनीहरुको समस्याबारेमा छलफल गरीे महिला तथा बालबालिका सेवा केन्द्रले सहजीकरण गर्ने गरेको केन्द्रका प्रहरी रामबहादुर मगरले बताउनुभयो । 

 

मादकपदार्थ सेवन वैदेशिक रोजगार, दाइजो, छोरी जन्मिनु र पति पत्नी र घरपरिवारका सदस्यबीचको मनमुटावका कारण घरेलु हिंसा भई प्रहरीमा उजूरी पर्ने गरेको सेवा केन्द्रले जनाएको छ । 

 

केन्द्रमा परेका उजूरीमध्ये धेरैजसो घटना घरायसी झैँंझगडाका कारण घरमा खान नदिने विवाह दर्ता, नागरिकता नबनाई हेला गर्ने, कुटपिट गर्ने गरेको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांकले देखाइएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement