Advertisement
Advertisement
Advertisement
Advertisement

ग्रेडसिट नपाउँदा विद्यार्थी समस्यामा

  |      13:43:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २१, दाङ ।  दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको  गाउँपालिकाले ग्रेडसिट उपलब्ध गराउन नसक्दा विद्यार्थीहरुलाई समस्या भएको छ। 

 

 शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म पनि उपलब्ध गराउन सकेको छैन ।

 

कक्षा ९ को रजिष्टे«शन फाराम भर्ने समय नजिकिँदै गर्दा फाराम साथ अनिवार्यरुपमा पेस गर्नुपर्ने ग्रेडसिट उपलब्ध नहुँदा शिक्षक, विद्यार्थी तथा अभिभावकमा अन्योलता छाएको बताइएको छ ।

 

एउटा विद्यालयमा अध्ययनरत छात्रछात्रा अर्को विद्यालयमा अध्ययन गर्न जाँदा मार्कसिट र क्यारेक्टर सर्टिफिकेट पेस गर्नुपर्दछ । जुन कक्षा ६ र ९ मा त अनिवार्य मानिन्छ । तर गाउँपालिकाले कक्षा ८ का ग्रेड सिट समयमा नै उपलब्ध गराउन नसक्दा शैक्षिक शत्र २०७५ मा कक्षा ९ मा भर्ना भएर पनि प्रथम त्रैमासिक परीक्षासमेत दिइसके । 

 

गाउँपालिकाभित्रका आधारभूत विद्यालयबाट माविमा भर्ना हुन त्यति समस्या नभएता पनि गाउँपालिका र जिल्ला बाहिर जानुपर्ने विद्यार्थीका लागि यो जटिल समस्या भएको छ । 

 

बबई गाँउपालिकाका श्रोतव्यक्ति दामोदर अधिकारीले आर्थिक अभावका कारण ग्रेडसिट वितरणमा समस्या भएको जानकारी दिए । सप्टवेयर व्यवस्थापन गर्ने, ग्रेडसिट छपाउने, मार्कलेजर तयारी गर्ने, ग्रेडसिट प्रिन्ट गर्ने कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति साइबर तथा तथा अफसेट प्रेसले भुक्तानी नपाएको कारण रोकिएको र गाउँपालिकाबाट रकम भुक्तानी हुनासाथ तुरुन्त बैठक बसालेर वा सम्बन्धित विद्यालयलाई बोलाएर ग्रेडसिट वितरण गरिने श्रोतव्यक्ति अधिकारीको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement