साउन ६, काठामडौं । ग्रिन सिटी अस्पताल काठमाडौँ, बसुन्धराले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्माको निःशुल्क उपचार गरेको छ ।
महोत्तरी बर्दिवास–४ भब्सीटोल निवासी ४८ वर्षीया विश्वकर्माले यही असार २७ गते विष सेवन गरेर मानसिक सन्तुलन गुमाउन थालेपछि तीन दिन जिल्लामा उपचार गरेर थप उपचारका लागि काठमाडौँ ल्याएपछि ग्रीन सिटीले निःशुल्क उपचार गरेको हो । ग्रीन सिटीले करीब रु दुई लाख बराबरको सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको हो ।
“जिल्लामा तीन दिनसम्मको उपचारमा केही सुधार नआएपछि आर्थिक अभावकै कारणले अन्य अस्पतालमा उपचारमा हुन नसकेको समाचार दलित अनलाइनबाट जानकारी पाएपछि ग्रिन सिटीले निःशुल्क उपचार गर्ने घोषणा गरेको हो” – ग्रीनसिटीका अध्यक्ष लोकबहादुर टण्डनले भन्नुभयो ।
जिल्ला अदालत महोत्तरीले असार २४ गते आफूलाई जातीय भेदभाव गर्नेविरुद्ध छ महिना कैद फैसला सुनाएपछि डर, त्रास धम्कीका कारण विश्वकर्मा आफैँले विष सेवन गरी आत्महत्याको प्रयास गर्नुभएको थियो । अहिले विश्वकर्माको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । सामाजिक असुरक्षाका कारण आफूले विष सेवन गरेको विश्वकर्माले बताउनुभयो ।
पछिल्लो पटक आर्थिक अवस्था कमजोर भएका १६ जना मुटुका बिरामीको निःशुल्क उपचार गरेको अध्यक्ष लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...