वैशाख १५, काठमाडौं । छुट्टाछुट्टै घटनामा गुल्मीका २ जना महिलाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा कुलोमा डुबेर र सत्यवती गाउँपालिकामा घाँस काट्ने क्रममा लडदा ३७ र ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।
इस्मा गाउँपालिका वडानम्बर-२ सामाचौर वस्ने ३७ वर्ष मायाँ खत्री कुलोमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ( डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।
शुक्रबार बिहान ५ बजे स्थानीय छल्दी पनाहबाट भालु खोला सामाचौर हुँदै भलातारी तर्फ बग्ने पानीको कुलोमा डुबी मृत अबस्थामा शव फेला परेको हो ।
शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।