Advertisement
Advertisement
Advertisement
Advertisement

गीतिकाव्य ‘मुनामदन’ नाटकमा

  |      15:43:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १४, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ ।

 

खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दैछ । आफू मोरङ जाँदा त्यहाँका कलाकारको सक्रियतामा त्यहाँ मञ्चन गरिएको देखेपछि काठमाडौंमा पनि यसलाई मञ्चन गर्ने सोच बनाएको निर्देशक सविन कट्टेलले बताए । “स्थानीय प्रतिभालाई बाटो देखाउन मैले यो प्रयास गरेको हुँ ”, उनले भने, “विराटनगरका कलाकारले सुन्दर एक तलाको घर बनाएका थिए, त्यसमा तला थप्ने काममा म प्रयास गर्दैछु ।”

 

मोफसलका कलाकारमा लुकेर रहेका प्रतिभालाई उजागर गराउने उद्देश्यले आफूले फरक तरिकाले कृतिलाई अघि बढाएको उनको भनाइ छ । ‘मुनामदन’को नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कटवाल दीपकले गरेकाछन् । नाटकमा मदनको भूमिकामा निर्देशक कट्टेल तथा मुनाको भूमिकामा दीपा पोखरेल रहेकाछन् । 

 

अन्य कलाकारमा मदनकी आमाको भूमिकामा सुष्मा निरौला, दिदीको भूमिकामा पवित्रा खड्का, ठूलेको भूमिकामा लकेश राई र गगनेको भूमिकामा एन्जन पौडेल हुनेछन् । त्यस्तै सरिता ढुङ्गाना, सञ्जीव राई, जिना राईलगायत कलाकारको भूमिका रहनेछ । पहिलो दिन बुधबार दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो । 

 

आफ्नो मृत्युअघि देवकोटाले “म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाहिँ नजलाउनू” भनेको बताइन्छ । साझा प्रकाशनबाट प्रकाशन हुने कृतिमध्ये धेरै समयदेखि सबभन्दा बढी बिक्ने पुस्तकमा पनि मुनामदन नै पर्छ । ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दीमनले’ र ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घीनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ जस्ता मनै छुने श्लोक ‘मुनामदन’मा उल्लेख छ । 

 

खण्डकाव्यको कथा यस्तो छः समाजमा धारो बनाउने आफ्नी आमाको इच्छा पूरा गर्न भोट गएका मदन फर्कंदा बाटामा बिरामी हुन्छन् । सँगै गएका साथीहरुले छाडेपछि उनलाई एक जना भोटेले फेला पारी उपचार गर्न आफ्नो घर ल्याउँछन् । उनको एक साथीले चाहिँ मदन उतै मरिसकेको खबर पठाइसकेको हुन्छ । उपचारपछि मदन घर फर्किँदा उनकी आमा र श्रीमतीको मृत्यु भइसकेको हुन्छ । 

 

केन्द्रमा मात्र नभएर मोफसलमा पनि सशक्त कलाकार रहेको उदाहरण दिन नाटकलाई काठमाडौंमा मञ्चन गर्न लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो । शनिबारबाहेक साँझ ५ः३० बजे मञ्चन गरिने नाटक शनिबार भने अतिरिक्त अपराह्न १ बजे पनि देखाइनेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement