Advertisement
Advertisement
Advertisement
Advertisement

गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हुँदैन : आमा समूहकी अध्यक्ष लीला पुन

  |      10:34:00   |  
गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हुँदैन : आमा समूहकी अध्यक्ष लीला पुन

बेनी । म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पुर्याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन्।

 

भकिम्ली राखु आमा समूहकी अध्यक्षसमेत रहेकी मनकुमारी पुनसँगै स्थानीय भीमकुमारी घर्ती, शोभा रोका, लीला पुन, हरिमाया आलेलगायत १३ जना महिलाले आफूले लगाएको सुन सदरमुकाम बेनीस्थित गरिमा विकास बैकमा धितो राखेर सडक विस्तारमा सघाएका हुन् ।

 

गाविसमा सडक पुगेको लामो समय बितिसक्दा पनि गाउँसम्म सडक विस्तारमा जिल्लाका जनप्रतिनिधि र जिविसले कुनै सहयोग नगरेपछि बाध्य भएर चन्दा सङ्कलन र सुन धितो राखेरसमेत गाउँसम्म सडक विस्तार गरिएको आमा समूहकी अध्यक्ष पुनले बताइन् । ‘गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हुँदैन । सडक पुगेपछि गाउँमै फलेको सुनलाई बजारमा लैजान सक्छौं’ उनले भनिन्।

 

वार्षिक करिब २५ लाखसम्मको सुन्तला निर्यात हुने राखुमा सडकको अभावले ढुवानीमा निकै समस्या भइरहेको थियो । सडक निर्माणपछि अहिले सुन्तला ढुवानीमा सजिलो हुनुका साथै गाउँमै व्यापारी पुगेर सुन्तला खरिद गरेका छन् ।

 

‘यो सडकमा महिलाको परिश्रम जोडिएको छ । हामीले लगाएको सुनभन्दा घरमै पुगेको सडकको महत्व धेरै छ’ स्थानीय चन्द्रोदय प्राविकी प्रधानध्यापक शान्ताकुमारी रानाले भनिन् ।

 

आर्थिक अभावले सडक निर्माणकार्य अवरुद्ध भएपछि गाउँका अगुवा महिलाले आफ्नो शरीर र घरमा रहेको सुनलाई सडक उपभोक्ता समितिलाई जिम्मा लगाएपछि सडक विस्तारमा सहज भएको  भकिम्ली–राखु–नयाँ पुल सडक निर्माण उपभोक्ता समितिका सचिव डेकबहादुर घर्तीमगरले बताए ।

 

गाविसले–पाँच लाख रुपैयाँ दिएको छ । गाउँकै जयन्ती मावी हुँदै विस्तार गरिएको सडकका लागि महिलाले करिब १२ लाख बराबरको सुन धितो राखिएको छ । नौ किलोमिटर सडक निर्माणमा करिब रु ५० लाखको हाराहारीमा खर्च भएको छ । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement