भोजपुर । अरुण गाउँपालिका–५ याकुकी ११ बर्षिय गर्भवती बालिकालाई न्यायिक तथा सहयोगी संस्थाले उद्धार गरेका छन् । असार १६ गते गाउँनिकाला भएर धरानमा बिचल्लीमा परेकी उनका बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन र प्रशारण भएको थियो । त्यसपछि जिल्ला स्थित महिला तथा बालबालिका कार्यालय र आफन्तको सहयोगमा असार ३ गते सदरमुकाम आइपुगेकी थिइन् ।
महिला तथा बालबालिका कार्यालय अधिकृत पुष्पलता उप्रेतीका अनुसार सामाजिक तिरस्कार र डरधम्कीका कारण गाउँमा बस्ने वातावरण नभएपछि विराटनगर स्थित बालबालिकाका क्षेत्रमा काम गर्दै आएको सिविनअन्तर्गत बाल हेल्प लाइनले जिम्मा लिने भएको छ ।
स्थानीय पञ्चकन्या आधारभुत विद्यालयको कक्षा ७ मा पढै गरेकी उनी मानसिक तनावमा परेको अवस्थामा भौतिक, शारिरीक तथा मनोवैज्ञानिक सहायता पुर्याउने हेल्प लाइनले प्रस्ताव गरेपछि महिला तथा बालबालिका कार्यालयले सिफारिस गरेको हो । बालिकालाई हाल विराटनगरमा राखिएको छ । गर्भवती भएकाले स्वास्थ्य जाँच, परामर्श मिलाउन त्यहाँ पठाएको कार्यालले जनाएको छ ।
भोजपुर जिल्ला अदालतबाट बकपत्र सकिएपछि काठमाडौ लगिने अधिकृत उप्रेतीले बताइन् । पारिवारिक पृष्ठभूण्मि बुझ्दा बालिका पढाईमा क्षमता राख्ने र उनको इच्छा नै पढ्ने रहेको हुँदा स्वास्थ्य सुरक्षा, शैक्षिक तथा बौद्धिक विकासमा सहयोगका लागि हेल्प सेन्टरले सहयोग गर्ने प्रतिबद्धता गरेको उनले बताइन् ।
बालिका पौष महिनामा घरमा एक्लै भएको मौका छोपेर छिमेकी २० बर्षिय दुर्गाबहादुर श्रेष्ठबाट बलात्कृत भएर गर्भवती भएकी थिइन् । श्रेष्ठको डरधम्कीका कारण बालिकाले घटना गुपचुप राखेको भएपनि असार पहिलोहप्ता परिवारमा थाहा भएको थियो । उनी पौष ९ गते पहिलोपटक महिनावारी भएकी थिइन् । उनी गर्भवती भएको ६ महिना बितेको छ । श्रेष्ठलाई धरानबाट प्रहरीले गरी सकेको छ । यो खबर कान्तिपुरमा छापिएको छ ।
उनलाई विहिबार भोजपुर ल्याइसकेको छ । श्रेष्ठलाई जबरजस्तीकरणी ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको डीएसपी काजीकुमार आचार्यले बताए । ‘मुद्धा दर्ता भैसकेको छ, अनुसन्धानका लागि २५ दिनको म्याद रहन्छ, त्यसपछि अदालतबाट फैसला अनुसार प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।