Advertisement
Advertisement
Advertisement
Advertisement

खुलामञ्च चार दिन बन्द गरिने

  |      11:08:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १२, काठमाडौं ।  पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । 

 

वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । 

 

अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको उनले बताए । यसैगरी चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा यात्रु आराल्ने तथा बसाउने व्यवस्था मिलाइएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास बिमस्टेक सम्मेलनका क्रममा सवारीसाधनको आगमनलाई सहज बनाउन उपत्यकामा चल्ने सवारीसाधनमा जोर तथा बिजोर प्रणाली लागू गरिएको छ ।

 

 महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथीको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउनका लागि सम्पूर्ण निजी तथा भाडाका सवारीसाधनलाई जोर बिजोर प्रणाली लागू गर्न लागेको जनाएको छ । 

 

महाशाखाका अनुसार यही भदौ १३ देखि १५ गतेसम्म उक्त प्रणाली लागू हुनेछ । भदौ १३ र १५ गते सवारीसाधनको नम्बर प्लेटको अन्तिममा बिजोर नम्बर भएका सवारीसाधन तथा भदौ १४ गते जोर नम्बर भएका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिमस्टेक सम्मेलनमा आकस्मिक बाहेकका सबै सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ ।

 

 “एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधन बाहेक अरू सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ”, प्रहरी वरिष्ठ उपरीक्षक पन्तले भने। काठमाडौैं उपत्यकामा हाल आठ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । धेरै सवारीसाधन ओहोरदोहोर गर्दा बिमस्टेक सम्मेलनमा आउने पाहुनाको आवागमनमा अप्ठ्यारो पर्ने भएकाले महाशाखाले उक्त प्रणाली लागू गर्न लागेको हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement