Advertisement
Advertisement
Advertisement
Advertisement

खाली हुँदैछ क्वारेन्टिन

  |      14:37:00   |  
web image
web image
असार २२, सप्तरी ।सप्तरीमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै छ । होम क्वारेन्टिनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन् ।
 
नौ नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाको स्थानीय तहमा रहेको ८६ वटा क्वारेन्टिनस्थलमा तीन हजार ८०० श्यया छ । क्वारेन्टिनमा बस्नेको सङ्ख्या घटेपछि ४७ क्वारेन्टिनस्थल पूर्णतया खाली भएका छन् । बाँकी ३९ क्वारेन्टिनमध्ये अधिकांशमा एकदेखि पाँच जना मात्र छन् ।हालसम्म क्वारेन्टिनमा बस्नेको सङ्ख्या ४९७ महिला र चार हजार ५६० पुरुष गरी पाँच हजार ५७ पुगेको छ । क्वारेन्टिनमा हालसम्म राखिएकामध्ये ४६५ महिला र चार हजार २८६ पुरुष गरी चार हजार ७५१ जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय, सप्तरीका नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो । 
 
जेठ २१ गते क्वारेन्टिनमा बस्नेको सङ्ख्या १३४ महिला र एक हजार ७९० पुरुष गरी एक हजार ९२४ पुगेको थियो । त्यसपछि क्वारेन्टिनमा बस्ने क्रमशः घट्यो । अधिकांशको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएका केहीलाई उपचारका लागि आइसोलेशन केन्द्रमा राखिएकाले क्वारेन्टिनमा बस्ने निरन्तर घट्दै गइरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो ।
 
असार २१ गतेसम्म होम क्वारेन्टिनमा बस्ने चार हजार १०५ पुगेका छन् । सप्तरीमा सङ्क्रमित सङ्ख्या ३२१ पुगेकोमा १३९ जना घर फर्किएका कोभिड–१९ व्यवस्थापन संयोजक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताउनुभयो । हाल २० महिला र १४९ पुरुष आइसोलेशन केन्द्रमा छन् । पछिल्लो पटक थप भएका डाक्नेश्वरी नगरपालिकाका आठ, विष्णुपुर गाउँपालिकाका छ र सप्तकोशी गाउँपालिकाका चार सङ्क्रमितलाई राजविराज ल्याउने तयारी भइरहेको छ । 
 
सप्तरीमा थप भएका १८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३२१ पुगेको हो । सबै स्थानीय तहमा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सप्तरीमा पिसिआर परीक्षणका लागि हालसम्म चार हजार ७९१ जनाको स्वाब सङ्कलन गरिएकामध्ये ३२१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने चार हजार २३६ जनाको रिपोर्ट नेगेटिभ आएको राससले प्रकाशित गरेको छ । स्वाब सङ्कलन गरिएकामध्ये २५२ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement