Advertisement
Advertisement
Advertisement
Advertisement

खर्चको अभावले सरिताको मृगौला प्रत्यारोपण हुन सकेन

  |      10:32:00   |  
खर्चको अभावले सरिताको मृगौला प्रत्यारोपण हुन सकेन

काठमाडौं । ‘७ वर्ष भयो, डाक्टरले भनेको दुबै मृगौला फेल भएको छरे । उपचार गर्दागर्दै ऋणधन गरेर जम्मा पारेको पैसा पनि रित्तियो । तर सन्चो भएको छैन । सहयोग पाँए मेरो जीवन बाँच्ने थिएकि ।’

दुबै मृगौला खराबी भएर जीवन र मोरणको दोसाधमा रहेकी लमजुङको मस्र्याङ्दी गाउँपालिका, ९ सिम्पानी टारगाउँकी मृगौला पीडित सरिता बरालले महिला खबरसँग खबरसँग दुःखेसो पोखिन् । उपचारमा २० लाख भन्दा बढि खर्च गरिसकेको उनले बताइन् ।

सरकारले मृगौला पीडितका लागि डायलिसिस निशुल्क गरिदिएपनि महङ्गो औषधी किन्नुपर्ने र राजधानी धाउदा र खाना बस्दामै सरा पैसा सकिएको सरिताका श्रीमान इन्द्र बरालले बताए । उनका अनुसार हप्तामै पाँच हजार भन्दा बढि खर्च हुने भएकाले नियमित डायलिसिस गर्न समेत समस्या भएको छ ।

यसभन्दा पहिलो उनले श्रीमतीको डायलसिस काठमाडौं वीर अस्पतालमा गर्ने गरेपनि अहिले भने तनहुँ दमौलीमा गर्ने गरेको उनले बताए  ।
सरितालाई ससुरा तेजबहादुर खत्रीले मृगौला दिने सल्लाह भएपनि पैसा नभएकाले प्रत्यारोपण गर्न नसकेको उनले बताए । ‘ससुरा बुबाले मृगौला दिने भन्नुभएको छ, तर पैसा छैन । पैसा नभई कसरी मृगौला फेर्ने रु’ इन्द्रले भने ।

मृगौँला प्रत्यारोपण गर्न अस्पतालले १० देखि १२ लाख रुपैँया सम्म खर्च हुने बताएको छ । उनले श्रीमतिको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । ‘सहयोग गर्ने कोही भेटिए, मेरो श्रीमतिले अर्को जीवन पाउनेथियो ।’ इन्द्रले भने । उनीहरुका १० वर्षका एक छोरा छन् ।

उहाँलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले इन्द्रको ग्लोबल आइएमई बैंक बेसिशहर शाखामा रहेको खाता नम्बर ९५०७०१०००१३५२ मा रकम जम्मा गर्न सक्नुहुनेछ । महिला खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement