Advertisement
Advertisement
Advertisement
Advertisement

क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

  |      14:44:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १, महोत्तरी ।  क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् । 

 

विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर अस्पताल सञ्चालनमा आएपछि नगरवासीले पहिलोपटक विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएका हुन् ।

 

 नगरपालिकाका प्रमुख अशोककुमार मण्डल, उपप्रमुख सीतादेवी साह, वरिष्ठ क्यान्सर रोग एवं शल्यचिकित्सक राकेश साहले हालै सो सेवाको शुभारम्भ गरे । अस्पतालले विशेष गरी क्यान्सर रोगका लागि प्रदान गर्ने सेवा गुणस्तरीय हुने बताइएको छ । 

 

प्रदेश नं २ अन्तर्गत क्यान्सर रोग उपचार गर्ने यो पहिलो सेन्टर मानिन्छ । सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायताका जिल्लाका क्यान्सर रोगी उपचार गर्न चितवन अथवा धरान जानुपर्ने बाध्यता कम हुँदै जानेछ । क्यान्सर रोग विशेषज्ञद्वय डा विनय साह र डा राकेशकुमार साहको पहलमा जिल्लाको दुर्गम क्षेत्रमा क्यान्सर सेन्टर सञ्चालनको अगुवाइ गरेकाहुन् ।

 

“सेन्टरमा आउने बिरामीले गुणस्तरीय सेवा पाउने छन्, बिरामीलाई सकेसम्म अन्यत्र पठाउने छैनौँ”, डा राकेशले भने । ट्रष्टले अहिले घर भाडामा लिइ अन्तरङ्ग साथै प्रयोगशाला, रेडियोजोलीलगायतका सेवा शुरु गरेको छ । शल्यक्रिया, किमोथेरापीजस्ता क्यान्सर रोगसित सम्बन्धित थप सेवा विस्तार गर्ने जनाइएको छ । 


सेन्टरलाई भौतिक पूर्वाधारयुक्त भवन बनाउन नगरपालिकाले ट्रष्टलाई चार बिगाहा करीब ५२ रोपनी जग्गा उपलब्ध गराएको छ । चार वर्षभित्रमा सेन्टरको आवश्यक भवन निर्माण, उपकरण जडान, प्रयोगशालासहित जनशक्ति व्यवस्थापन विनय तारा फाउण्डेशन अमेरिका र विनयतारा क्यान्सर ट्रष्ट नेपालले गर्नेछन् । रामगोपाल नगरपालिकाले अनुगमन, समन्वय गर्नेछ । 

 

सो काम गर्न ती निकायका बीचमा सम्झौतासमेत सम्पन्न भएको छ । “कुन किसिमका भौतिक संरचना कसरी तयार हुन्छन्, कस्तो उपकरण रहन्छन्, कति जनशक्तिले अस्पतालमा सेवा दिन्छन् लगायतका महत्वपूर्ण कार्यको निर्णय छिट्टै सार्वजनिक हुन्छ”, ट्रष्ट नेपालका अध्यक्ष डा राकेशले भने । 

 

“क्यान्सर रोगजस्तो अति महङ्गो उपचार सेवा यहाँका जनताले घरआँगनमै सर्वसुलभरुपमा पाउन, स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र कार्यमा जग्गाको अभाव नहोस् भनेर हामीले नगरपालिकाको जमीन अस्पताल निर्माण गर्न दियौँ । अब ट्रष्टले छिटोभन्दा छिटो पूर्वाधार खडा गर्न काम शुरु गर्नुपर्छ”, नगरप्रमुख साहले भने । साविकका चार गाउँविकास समिति मिलेर बनेको यस नगरपालिकाको जनसङ्ख्या करीब ३० हजार छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement