Advertisement
Advertisement
Advertisement
Advertisement

क्यानडामा शरण पाएकी साउदी युवती भन्छिन्, 'स्वतन्त्रताका लागि जोखिम लिएँ'

  |      11:05:00   |  
वेब तस्विर
वेब तस्विर

माघ २, कुवेतबाट । थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी एक साउदी युवतीले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम लिनलायक काम भएको बताएकी छन्।दुई हप्ताअघि १८ वर्षीया रहफ मोहम्मदलाई थाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन्।परिवारले आफूसँग दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बताएकी थिइन्।टोरन्टो स्टार समाचारपत्रिकासँग कुराकानी गर्दै उनले भनेकी छन्, मैले लिएको जोखिम लिनैपर्ने थियो। मैले गुमाउनुपर्ने केही थिएन । हामीलाई एउटा वस्तुसरह, दाससरह व्यवहार गरिन्छ, उनले भनिन्, म मानिसहरूलाई आफ्नो कथा र

साउदी महिलासँग कस्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ।

परिवारसँग कुवेत गएको बेला उनी विमान चढेर भागेकी थिइन्।उनका अनुसार उनीसँग अस्ट्रेलियाको प्रवेशाज्ञा थियो र उनी ब्याङ्कक हुँदै त्यता जान चाहन्थिन्। तर विमानबाट ओर्लिँदै गर्दा एक साउदी कूटनीतिज्ञले आफ्नो राहदानी खोसिदिएको उनको दाबी थियो । फर्किने टिकट र आवश्यक कागजपत्र नभएको भन्दै उनलाई थाई अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। त्यहाँबाट उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै विभिन्न देश, मानवाधिकारवादी संस्था र संयुक्त राष्ट्रसङ्घलाई ट्विटरबाट गुहारेकी थिइन्।

तर पछि उनले राहदानी फिर्ता पाएको ट्विटरमा लेखेकी थिइन्।

ह्युमन राइट्स वाच र थुप्रै पत्रकारहरूले यस विषयमा बोल्न र लेख्न थालेपछि थाईल्यान्डले उनलाई त्यहीँ रहन दिएको थियो।परिवारले परित्याग गरेकाले उनले अहिले आफ्नो पुरानो थर अल(कुनुन लेख्न छोडेकी छन्।संयुक्त राष्ट्रसङ्घले उनको शरणार्थी हुन पाउनुपर्ने मागको बारेमा छानबिन गरेको थियो र उनलाई शरणार्थीको मान्यता दिएको थियो।
 

यस्तो हुनसक्ने एक प्रतिशत सम्भावना होला भनेर मैले सोचेकै थिइनँ, उनलाई उद्धृत गर्दै टोरन्टो स्टारले लेखेको छ, मानवाधिकारलाई सम्मान गर्ने देश क्यानडामा म सुरक्षित अनुभव गरिरहेकी छु।उनले थपिन्,यहाँ मेरो आगमन कुरेर बसेकाहरूबाट प्राप्त मायाले मलाई आफ्नो पुनर्जन्म भएको जस्तो लागेको छ।रहफले क्यानडाको हावापानीसँग अनुकूल हुन आफूलाई केही समय लाग्ने तर नयाँ अनुभवका लागि उत्साहित रहेको बताइन्।म कहिल्यै नगरेका कुराहरू गर्छु, उनले सीबीसी टीभीलाई बताइन्।म नसिकेका कुराहरू सिक्नेछु। जीवनलाई बुझ्नेछु । म जागिर खानेछु र एउटा सामान्य जीवन बाँच्नेछु।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement