Advertisement
Advertisement
Advertisement
Advertisement

कृषि पेशा : अन्नबाली लगाउन छाडेर तरकारीबालीमा आकर्षित

  |      15:38:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ८, ललितपुर । कृषि पेशामा व्यावसायिक बन्दै जाँदा अन्नबाली लगाउन छाडेर तरकारीबालीमा आकर्षित हुने किसानको संख्या बढ्न थालेको छ । 

अन्नबालीमा भन्दा तरकारी बालीमा समय कम लाग्ने र उत्पादन धेरै पाउने हुँदा किसान तरकारी बालीतर्फ आकर्षित भएका हुन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रियबाली विज्ञान महाशाखाका प्राविधिक अतित पराजुलीका अनुसार व्यावसायिक किसानले छोटो समयमा मनग्य आम्दानी लिन सक्ने बताउनुहुन्छ । 

“नेपालीको मुख्यबाली भएकाले धानबाली छाडेका छैनन्” उहाँले भन्नुभयो, “किसान गहुँ, तोरी, मकैलगायतका अन्नबाली लगाउनुको साटो तरकारीतर्फ आकर्षित भएका छन् ।” 

काठमाडौँ उपत्यका र आसपासका जिल्लामा पहिले अन्नबाली हुने ठाउँमा अहिले तरकारीबाली लगाउन थालिएको छ । उहाँले भन्नुभयो, “खेतमा आफूलाई खान पुग्ने गरी धान लगाउने र अर्को मौसममा तरकारी लगाउने गर्छन, बारीमा भने बाह्रैंमास तरकारीखेती गर्ने क्रम बढेको छ ।” यातायातको सुविधा भएका र बजार नजिकैका अधिकांश ठाउँमा अहिले तरकारीखेती फैलिएको नार्कका विभिन्न अध्ययनले देखाएको छ । 

बाली तयार हुन लाग्ने समयले किसानलाई धेरै फरक पार्ने पराजुली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तरकारी लगाउँदा डेढ दुई महिनादेखि उत्पादन लिनसक्ने भए पनि अन्नबाली पाँच/पाँच महिनासम्म कुर्न व्यावसायिक किसान चाहँदैनन् ।” आफूलाई चाहिनेभन्दा बढी अन्न बेच्दा कम आम्दानी भए पनि किसानले तरकारीबाट पर्याप्त आम्दानी गर्छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement