Advertisement
Advertisement
Advertisement
Advertisement

विद्यालय जाँदै गरेकी किशोरीमाथि दुव्र्यवहार

  |      20:11:00   |  
विद्यालय जाँदै गरेकी किशोरीमाथि दुव्र्यवहार

भदौ ३, भद्रपुर । कोचिङ पढ्न घरबाट विद्यालय जाँदै गरेकी एक किशोरीमाथि आज बिहान मेचीनगर–६ स्थित सतिघट्टा मार्गको चिया बगानमा दुव्र्यवहार भएको छ । 

काँकडभिट्टाको लोफोफोरस अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया ती किशोरी कोचिङ कक्षाका लागि बिहान ७ बजे एक्लै साइकल चढेर चिया बगानको बाटो हुँदै विद्यालय गइरहेको अवस्थामा उक्त घटना भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । 


प्रहरीका अनुसार बगानको बीचमा पुगेपछि तीन केटाले एक्कासि समातेर बगानभित्र लगी जबर्जस्ती गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरी चिच्याएपछि केटा भागेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिनुभयो । अभियुक्तले किशोरीको स्कूल ब्याग र साइकल खोसेर फ्याँकिदिएका थिए, भने केटाहरु भागेपछि रुँदैै उनी स्कूल पुगेकी थिइन् । विद्यालय आइपुगेपछि किशोरीले घटनाबारे प्रधानाध्यापक सागर गुरुङलाई जानकारी गराएकी थिइन् । तत्काल प्रधानाध्यापक गुरुङले इलाका प्रहरी कार्यालय काँकडभिट्टा पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो । 


किशोरीले प्रहरीलाई दिएको हुलियाअनुसार दुव्र्यवहारमा संलग्न अभियुक्तको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । 


दुव्र्यवहारका मुद्दा बढे 

जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षमा यौन हिंसाका घटना बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा जबर्जस्ती करणीका ९९ र जबर्जस्ती करणी उद्योगका ३४ गरी कूल १३३ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका जबर्जस्ती करणीका ९९ मुद्दामध्ये ९१ वटा मात्र फछ्र्योट भएका छन् । जबर्जस्ती करणी उद्योगका ३४ मुद्दामध्ये ३१ वटाको फछ्र्योट भएको छ । 


यस्तै, आव २०७३/७४ मा ५७ वटा जबर्जस्ती करणी मुद्दा दर्ता भएका थिए भने ३४ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । आव २०७२/७३ मा ५३ वटा जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता भएको थियो भने १९ वटा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो । 

आव २०७१/७२ मा जबर्जस्ती करणीका ४७ वटा मुद्दामध्ये सबै फछ्र्योट भएका छन् । ३८ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । भmापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले समाजमा बलात्कारका घटना बढेकोमा प्रहरी चिन्तित रहेको बताउनुभयो । 


बलात्कारका घटना न्यूनीकरण गर्न झापाका १५स्थानीय तहका नागरिक र प्रहरी प्रशासनबीच सार्वजनिक सुनुवाइ भइरहेको उहाँको भनाइ छ । यौन दुव्र्यवहारका घटना निरुत्साहित गर्न झापामा सादा पोशाकमा १५० भन्दा बढी प्रहरी ग्रामीण क्षेत्रमा परिचालन गर्ने योजना बनाइएको प्रहरी नायब उपरीक्षक ढकाल बताउनुहुन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement