Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यालय सहयोगीको भरमा भन्सार

  |      11:55:00   |  
वेब तस्विर
वेब तस्विर

असोज १, इलाम ।  इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । 

 

चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् । नेपालबाट तरकारी, जडीबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको मानेभञ्ज्याङ नाकामा दरबन्दीअनुसारको कर्मचारी नहुँदा चोरी तस्करी बढेको छ । 

 

भन्सार कार्यालयमा जनशक्ति नहुँदा राजश्व पनि न्यून मात्रै सङ्कलन हुँदै आएको छ । अघिल्ला वर्षमा राजश्व लक्ष्यअनुसार सङ्कलन भए पनि कर्मचारी कम हुँदा अहिले मासिक रु. २० देखि २५ हजार मात्रै सङ्कलन हुँदै आएको कार्यालय सहयोगी धिमालले बताए। 

 

छोटी भन्सार कार्यालयको आफ्नै भवन जीर्ण भएपछि अझै निर्माण भएको छैन । २०६८ साल असोजमा गएको भूकम्पबाट कार्यालयको भवन क्षतिग्रस्त भएपछि कार्यालय अहिले भाडामा बस्दै आएको छ । भवन निर्माणका लागि धेरै पटक अनुरोध गरिए पनि अझैसम्म काम नभएको सूर्योदय नगरपालिका– १ का वडाध्यक्ष राजकुमार श्रेरेङले बताए । 

 

पशुपतिनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुरेश थपलियाका अनुसार दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगी खटाइएको हो । पशुपतिनगर भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहे पनि अहिले नौ जना मात्रै कार्यरत रहेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement