Advertisement
Advertisement
Advertisement
Advertisement

कमजोरी भएमा मुलुकी संहिता संशोधन गर्न सकिने

  |      19:20:00   |  
कमजोरी भएमा मुलुकी संहिता संशोधन गर्न सकिने

भदौ १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी देवानी (संहिता) तथा मुलुकी अपराध (संहिता) ऐनलगायत कानूनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

 

ऐन कार्यान्वयनमा आएको अवसरमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसमा केही कमजोरी भए आगामी दिनमा संशोधन गर्दै जाने स्पष्ट गर्नुभयो । “स्थानीय तह र प्रदेश सरकारलाई यस कानूनलाई कार्यान्वयन गर्न गराउन र जनतालाई यसका बारेमा जानकारी दिन म विशेष आग्रह गर्दछु”, उहाँले भन्नुभयो । 

 

तत्कालीन संसद्मा व्यापक छलफल भई ऐन विगत वर्षमा नै संसद्बाट पारित भए पनि आजदेखि लागू भएको बताउँदै उहाँले यसका बारेमा अनावश्यक भ्रमका खेती नगर्न आग्रहसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले नयाँ थिति, ऐन र नियम लागू गर्दा समाजमा केही असजिलो भए पनि यसलाई स्वाभाविक बनाउँदै लान आग्रह गर्दै ऐनमा केही कमजोरी, अपूर्णता, सामाजिक सम्बन्धमा अहित तथा आर्थिक–सामाजिक अधिकार खोसिने अवस्था आएमा सच्याउन सकिने जानकारी दिनुभयो । 

 

“सङ्घीय लोकतन्त्र, संविधान, राजनीतिक सामाजिक मूल्यमान्यतासहित अन्तर्राष्ट्रिय अभ्यासका अनुभव ऐनमा समावेश भएको छ, यो ऐनमा समेट्न जरुरी पनि जरुरी थियो”, प्रधानमन्त्रीले भन्नुभयो । सो अवसरमा कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विधिको शासन र सुशासनलाई थप प्रत्याभूत गर्न ऐन ऐतिहासिक बन्ने विश्वास व्यक्त ऐनलाई व्यावहारिक र वस्तुनिष्ठ रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो। 

 

कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले नेपालको संविधान कार्यान्वयन गर्न आजदेखि कार्यान्वयनमा आएका ऐन कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “आवश्यकताअनुसार ऐन परिवर्तन र संशोधन हुँदै जान्छन्।” 

 

मन्त्रालयका सचिव राजीव गौतमले संविधानपछि जारी भएको सो ऐनले कानूनी व्यवस्थालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, मन्त्रिगण सांसदलगायतको उपस्थिति थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement