Advertisement
Advertisement
Advertisement
Advertisement

कञ्चनपुरमा बालिका बलात्कार घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन

  |      11:13:00   |  
वेब तस्विर
वेब तस्विर
भाद्र ८, काठमाडौं ।  गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । 
 
 
पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र केसी रहेकाछन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको मन्त्रालयले जनाएको छ । 
 
 
यसैबीच गृह मन्त्रालयले  प्रेस विज्ञप्ति जारी गर्दै बालिका निर्मला पन्तको मृत्युको विषयलाई लिएर कञ्चनपुरमा भइरहेको विरोध प्रदर्शनलगायतका घटनाहरुको सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
 
विज्ञप्तिमा साउन १० गते साँझ निज बालिका घर परिवारको सम्पर्कमा नआएको प्रहरीलाई जानकारी हुनासाथ खोजतलास गर्ने क्रममा साउन ११ गते बिहान बालिकाको शव फेला परेको उल्लेख छ । 
 
 
घटनाको गम्भीरतालाई दृष्टिगत गरी घटना घटेको मितिदेखि नै स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकोमा गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायव उपरीक्षक नेतृत्वको विशेष अनुसन्धान टोली अनुसन्धान कार्यलाई तीव्रता दिन खटाइएको विज्ञप्तिमा उल्लेख छ । 
 
 
अनुसन्धान टोलीले तत्काल देखिएको प्रमाणका आधारमा भीमदत्त नगरपालिका– १९ का दिलीपसिंह विष्टलाई भदौ ५ गते पक्राउ गरी थप अनुसन्धानसमेत भइरहेको छ । उक्त घटनाको अनुसन्धानमा नेपाल प्रहरीका अतिरिक्त अन्य सुरक्षा निकाय तथा विशेष दक्ष जनशक्तिसमेत परिचालित भइरहेको गृह मन्त्रालयले जनाएको छ । 
 
 
विज्ञप्तिमा भनिएको छ , ‘‘ राज्य कहिले पनि अपराधी र अपराधमैत्री हुन सक्दैन र भएको पनि छैन । स्थानीय प्रशासन तथा प्रहरीले समग्र नागरिकको जीउधन एवं सार्वजनिक सम्पत्तिको संरक्षण गरी जनजीवनलाई सामान्य वनाइ राख्न कानून प्रदत्त अधिकार प्रयोग गर्नु नै पर्ने हुन्छ ।” 
 
 
स्थितिलाई संयमित बनाइराख्न सहयोग गर्नु सबैको कर्तव्यसमेत भएकोले यसमा सबैको सहयोगको लागि गृह मन्त्रालय हार्दिक अपिल गर्दछ । 
 
 
बालिका मृत्युको निन्दनीय घटनाप्रति पुनः दःुख व्यक्त गर्दै यस प्रकारका जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाही हुने र अनुसन्धान कार्यमा संलग्न पदाधिकारीबाट समेत यदि कुनै कमीकमजोरी गरे गराएको पाइएमा कानूनअनुसार कडा कारवाही गरिने विषयमा गृह मन्त्रालय सदैव प्रतिवद्ध रहेको मन्त्रालयले जनाएको छ । 
 
 
समस्याको समाधान शान्तिपूर्ण र विधिसम्मत ढङ्गबाट हुने नै हुँदा शान्ति सुव्यवस्था कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत सम्बद्ध सबैमा गृह मन्त्रालयले अनुरोध गरेको छ । 
 
 
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरिए 
सोही घटनाको कारण गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ । 
 
 
कञ्चनपुरमा नयाँ प्रजिअको रुपमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको छ । गृह मन्त्रालयको विज्ञप्तिमा कञ्चनपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकलाई तत्काल फिर्ता बोलाई निजहरुको स्थानमा नयाँ पदाधिकारीसमेत खटाइसकिएको जनाएको छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement