Advertisement
Advertisement
Advertisement
Advertisement

ओमानमा रहेका २५ हजार नेपाली श्रमिकको हित संरक्षणदेखि जलवायु सहकारितासम्म राणाको योजना

  |      15:18:00   |  
ओमानमा रहेका २५ हजार नेपाली श्रमिकको हित संरक्षणदेखि जलवायु सहकारितासम्म राणाको योजना

असोज २७ , काठमाडौं । ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल–ओमान सम्बन्धलाई थप सुदृढ बनाउँदै श्रमिकको अधिकार संरक्षण, आर्थिक साझेदारी र जलवायु परिवर्तनसम्बन्धी सहकार्यलाई प्राथमिकता दिने कार्ययोजना प्रस्तुत गरेकी छन्।

मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो चारवर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै राणाले श्रम कूटनीति, आर्थिक कूटनीति र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेकी हुन्।

परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल ओमानमा करिब २५ हजार नेपाली कार्यरत छन्। राणाले उनीहरूको हकहित, सुरक्षा र सीप विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन्। साथै, नेपाली श्रमिकका समस्या सम्बोधन गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक पहल गर्ने उनको योजना छ।

आर्थिक कूटनीतिअन्तर्गत उनले ओमानको ‘भिजन २०४०’ सँग नेपालको आर्थिक प्राथमिकतालाई जोडेर कृषि, पर्यटन, नवीकरणीय ऊर्जा र विदेशी लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने योजना अघि सारेकी छन्। यसबाट नेपालमा लगानी भित्र्याउन र दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, जलवायु परिवर्तनका असर न्यूनीकरण र विपद् व्यवस्थापनमा नेपाल तथा ओमानबीच सहकार्य गर्न सकिने राणाको भनाइ छ। जलस्रोत व्यवस्थापन र हरित ऊर्जाको क्षेत्रमा ओमानका अनुभवबाट नेपालले सिक्न सक्ने सम्भावनालाई पनि उनले औँल्याएकी छन्।

राणाले कार्ययोजना चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरेकी छन्। सन् २०२७ सम्म आधार तयार पार्ने, २०२८ मा साझेदारी विस्तार गर्ने, २०२९ मा सम्भाव्य क्षेत्रमा काम अघि बढाउने र २०३० सम्म उपलब्धिलाई दिगो बनाउने लक्ष्य राखिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement