Advertisement
Advertisement
Advertisement
Advertisement

ओखलढुंगाको विकास अलपत्र पारेको आलोचना गरेकी उपाध्यक्षलाई ठेकेदारको धम्की
उपाध्यक्षलाई ठेकेदारको धम्की-आलाकाँचा केटीमाथि जे पनि हुनसक्छ

  |      18:52:00   |  
web image
web image

माघ २३, ओखलढुंगा । साँघुटार-घोरखोरी सडक कालोपत्रे ठेक्का लागेको ६ वर्षसम्म काम नगर्ने बदनाम ठेकेदारको बारेमा संसदमा आवाज उठाउन सांसदलाई आग्रह गर्दा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालाई ठेकेदारका स्थानीय प्रतिनिधिले जे पनि हुनसक्ने धम्की दिएका छन् ।

 

माघ १६ गते लिखु गाउँपालिका वडा नम्बर २ को सिंहदेवीमा आयोजित सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडा र गाउँपालिका अध्यक्ष अशोक कार्की भएकै ठाउँमा ठेकेदार राजन सुवेदीले उपाध्यक्षको अभिव्यक्तिलाई आफूले रेकर्डमा राख्ने भन्दै जे पनि हुनसक्ने चेतावनी दिएका थिए ।

 

सुवेदीले चेतावनी दिएको भिडिओ अहिले स्थानीय तहमा भाइरल भइरहेको छ । उनीभन्दा अघि गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले ६ वर्षसम्म ओखलढुंगाको विकास अलपत्र पार्ने ठेकेदारको आलोचना गरेकी थिइन् । उनी बोलेर हिँडेपछि सो सडक कालोपत्रे गर्ने ठेकेदार कान्छाराम तामाङको प्रतिनिधि बनेर स्थानीय ठकेदार राजन सुवेदीले उपाध्यक्षलगायत जनप्रतिनिधिहरुलाई होस गर्न चेतावनी दिएका हुन् ।


उपाध्यक्ष थापालाई चेतावनी दिने ठेकेदार प्रतिनिधि राजन सुवेदी । भाइरल भिडिओमा उनले भनेका छन्, ‘हामीले ठेक्का गर्दा भर्खर जन्मिँदै गरेका केटीहरु अहिले आएर जनप्रतिनिधि भएका छन् । तिनीहरुलाई के थाहा ठेक्कापट्टाबारे रु कसैलाई पनि नीति, विचार र सिस्टमभन्दा बाहिर गएर बोल्ने छुट छैन, झन जनप्रतिनिधिलाई त छँदैछैन । खबरदार लिखु गाउँपालिकामा फेरि यस्ता कुरा गरियो भने तपाईंको रेकर्ड गरेर राख्छौं, तपाईंको विरुद्ध प्रक्रियामा जान्छौं । हामी छोड्नेवाला छैनौं । जे पायो त्यही बोल्छु, सेलिब्रेटी बन्छु भन्नेहरुले सोचे हुन्छ ।’

 

यो पनि पढ्नुस्ः सांसदलाई उपाध्यक्षको चुनौति- विकास अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामको फोटो निकालेर संसदमा बोल्नुस्

 

यसैबीच ठेकेदार सुवेदीले गाउँपालिका उपाध्यक्षलाई सार्वजनिक ठाउँमा दिएको महिलाविरुद्धका आपत्तिजनक अभिव्यक्तिलाई छानबिनको दायरामा ल्याउन अखिल नेपाल महिला संघले माग गरेको छ ।

 

अखिल नेपाल महिला संघकी ओखलढुंगा जिल्ला अध्यक्ष चम्पादेवी राईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सडकको काम अलपत्र पार्ने ठेकेदार र त्यसका सञ्चालकलाई जिम्मेवार बनाउन जनप्रतिनिधिको हैसियतले गरेको प्रश्नको प्रतिवाद गर्दै दिइएको धम्की र गालीगलौज समग्र महिलामाथिको प्रहार भएको बताएकी छन् । उनले महिलामाथिका अपमानजनक र आपराधिक अभिव्यक्ति क्षम्य नहुने चेतावनीसमेत दिएकी छन् ।

 

त्यस्तै राष्ट्रिय युवा संघ ओखलढुंगाका संयोजक विनोद खत्रीले विज्ञप्ति जारी गर्दै बदनाम ठेकेदारको पक्षमा उभिएर जनप्रतिनिधिलाई धम्की दिने ठेकेदार प्रतिनिधि सुवेदीमाथि प्रशासनिक कारबाहीको माग गरेका छन् ।

 

नेकपा एमाले लिखु गाउँपालिका वडा नम्बर २ वडा कमिटीका अध्यक्ष शंकरकुमार भण्डारीले पनि सोही वडामा आयोजित कार्यक्रमको औचित्यमाथि समेत प्रश्न उठाउँदै उपाध्यक्षविरुद्ध ठेकेदारले प्रयोग गरेका अपशब्द अपाच्य रहेको चेतावनी दिएका छन् ।

 

लिखु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष केशवहरि ढुंगेलले जनताको अभिमतबाट निर्वाचित प्रतिनिधिलाई केटी वा फुच्ची भन्नु घोर आपत्तिजनक रहेको भन्दै खेद व्यक्त गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement