Advertisement
Advertisement
Advertisement
Advertisement

एलओडीबाट १६ वर्षीया बालिकालाई लगेर ललितपुरमा बलात्कार, सञ्चालकमाथि पनि अनुसन्धान

  |      17:21:00   |  
web imege
web imege

असार २१,काठमाडौं ।ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब गएकी एक जना नाबालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए ।

उनका अनुसार ३१ जेठमा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी छन् ।

जाहेरी परेपछि कोइरालालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । बयानका क्रममा उनले पीडित उमेर पुगेको युवती भएको दाबी गरेका थिए । ‘उमेर नपुगेको केटीले क्लबमा प्रवेश नै पाउँदैन, त्यसैले ऊ नाबालिग होइन’, कोइरालाको बयान छ ।

उनको यो बयानपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याएको छ । नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि अनुसन्धान थालेको हो ।

उनीहरुविरुद्ध जिल्ला अदालत, ललितपुरबाट पक्राउ पूर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ ।
अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement