माघ २, काठमाडौं। एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर लिगमा आज साविक विजेता एपीएफले बागमती युथ क्लबसँग खेल्दैछ।
जारी प्रतियोगितामा अपराजित एपिएफ र बागमतीको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
हिजो भएको खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४–१ गोलले हराएको छ।
पहिलो हाफमै ४ गोलले पछि परेको वालिङले खेल सकिन ५ मिनेट बाँकी रहँदा १ गोल फर्काएको थियो। यो जितसँगै पुलिसले ५ खेलमा ३ जितका साथ १० अंक भएको छ। पुलिस तेस्रो स्थानमा रहँदा वालिङ अंकविहिन छ।