काठमाडौं।एन्फा महिला लीग च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । भोलिवाट शुरु हुने प्रतियोगितामा २८ टोली सहभागि हुनेछन् । प्रतियोगितामा सहभागी हुने २८ टोलीलाई दुई समुहमा विभाजन गरेर खेलाइने एन्फा जिल्ला अध्यक्ष भिमसेन कार्कीले बताए । उनका अनुसार २८ जिल्ला सहभागी मध्ये १४ जिल्लाको पाल्पा र अर्को १४ जिल्लाको स्याङ्जा वालिङस्थित खेल मैदानमा प्रतियोगिता हुनेछ । जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैंया पाउने छन् । प्रत्येक विधामा उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आउँदो वर्ष नेपालमा हुने साफ खेलको तयारीका रुपमा पनि यस प्रतियोगितालाई लिइएको छ ।