काठमाडौं। नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बस लगायतका सार्वजनिक सवारी साधनमा केही दिन अगाडिदेखि एनटी बस इन्टरनेट सेवा सुरु भएको छ ।
मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले टेलिकम र साइबर नेटीक्स प्रा।लि।बीच एनटी बस इन्टरनेट सञ्चालन सम्बन्धमा केही दिनअघि सम्झौता भएको थियो । सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रदिपराज उपाध्याय र साइबर नेटीक्स प्रा।लि।को तर्फबाट अध्यक्ष जेम्स न्याछ्योँले हस्ताक्षर गरेका थिए ।
एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा कम्पनीका कर्पोरेट तथा व्यावसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले यस सहकार्यबाट लामो तथा छोटो दूूरीका बसयात्रुहरुले यात्राका क्रममा वाइफाइ मार्फत निःशुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताए ।
सो अवसरमा साइबरनेटीक्स प्रा.लि.का अध्यक्ष जेम्स न्याछ्योँले एनटी बस इन्टरनेट सेवा सम्बन्धी विस्तृत जानकारी गराएका थिए ।
एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिनेछ । यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिन्छ । यसका लागि बस कम्पनीहरुले साइवरनेटीक्स प्रा।ली।सँग सम्पर्क गरी सो सुविधा प्राप्त गर्न सक्छन् ।
एनटी बस इन्टरनेट सेवाबाट कुनै पनि सवारी साधनहरु जस्तै स् बस, माइक्रोबस, कार आदिमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिन्छ । एनटी बस इन्टरनेट सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याब्लेट आदिमा वाइफाइ कनेक्ट गरी इन्टरनेट चलाउन सकिनेछ । एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेमहरु एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ । साथै आफ्नो सवारी साधन कहाँ छ, सोको जानकारी जिपिएस प्रविधिमार्फत कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ ।
यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्ड सहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउने घोषणा गरिएको छ ।
बैशाख ३०, काठमाडौं । कर्णालीमा पहिलो पटक सञ्चालन गरिएको ‘कर्णाली छोरी सम्मेलन-०८२’ १०...
एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको...
असोज २८, काठमाडौं । ह्याकर र साइबर फ्रडहरुले मानिसहरुलाई फसाउन धेरै तरिकामा जालहरु...
असोज २८, काठमाडौं । नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा...
असोज २८, काठमाडौं । नेपाली हिन्दूहरुको महान चाड बडादशैंलाई लक्षित गरी गरिमा विकास बैंक...
असोज २८, काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना...
असोज २६,काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ...
असोज २६, काठमाडौं । नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा...
असोज २५, काठमाडौं । इजरायलबाट स्वदेश फर्कने चाहने २५० जना विद्यार्थी आज नेपाल आउँदैछन्।...