Advertisement
Advertisement
Advertisement
Advertisement

एक हप्ताको नातिनी हजुरबाले नै बिक्री गरे

  |      10:30:00   |  
web imege
web imege

पुस ११, काठमाडौं । झापा बुद्धशान्तिकी एक युवती बेसहारा छिन् । उनी अर्कैको घरमा बसेर ‘प्लस टु’ पढ्दै थिइन् । अचानक उनको महिनावारी रोकियो । पहिले पनि महिनावारी नियमित थिएन । लामो समय महिनावारी रोकिएपछि छरछिमेकले सोधीखोजी गरे ।

शङ्का लागेको केटोलाई केटीको अगाडि केही सम्बन्ध छ कि भनेर सोध्दा केटाले अस्वीकार गर्यो । त्यसपछि युवतीले उक्त युवासँग मोबाइलमा भएका म्यासेजहरु छिमेकीलाई देखाइन् । छिमेकीले केरकार गरेपछि केटाले आफूले सम्बन्ध राखेको स्वीकार गरे । त्यसपछि युवती गर्भवती भएको शङ्का लागेर चेकजाँच गर्दा ८ महिनाको गर्भ रहेको थाहा भयो ।

त्यसपछि ती युवतीसँग सामान्य टीकाटालो गरेर छिमेकी केटालाई गाउँलेले युवती जिम्मा लगाए । तर, केटाको परिवारले भने आठ महिनाको बच्चा भएको थाहा पाइसक्दा पनि युवतीलाई गर्भपतन गर्न दबाब दिइरहे ।

एक महिनापछि ती युवतीले छोरी जन्माइन् । तर, बच्चाको रेखदेख भएन । बरु बच्चा बिक्रीको प्रपञ्च रचियो । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ । यो घटना झापा, बुद्धशान्ति–३ मा बसोबास गर्ने पुरन भट्टराई र बुद्धशान्ति–२ मा अर्काको घरमा बस्दै आएकी एक युवतीबिचको हो । पीडित युवती भर्खरै वर्षले १८ पुगिन् ।

उनीहरुको अवैध सम्बन्ध रहेको र गर्भ बसेको थाहा पाएपछि २०७९ पुस २७ मा विवाह गरेको एक निवेदनमा उल्लेख छ । पीडित युवतीले २०८० भदौ २५ गते छोरी जन्माएकी थिइन् ।

तर, छोरी जन्मेको ६ दिनमा पुरन र उनका बाबु भीमप्रसाद भट्टराईले आमा र छोरीलाई सिक्किम लगेर सन्तानबिहीन प्रधान थरका व्यक्तिलाई शिशु बिक्री गरेका थिए । ‘आफ्नो बच्चा खोइ भनेर सोध्दा भट्टराई परिवारले ‘नानी काठमाडौँमा छ’ भनेर जवाफ दिने गरेका थिए,’ ती युवतीले निवेदनमा भनेकी छन् ।

उनकी छिमेकी प्रकृति रिजालले सामाजिक सञ्जालमा घटनाको विषयमा एक भिडियो पोष्ट गरेकी छन् । उक्त भिडियोमा ‘विवाहपछि केटीलाई घरमा नराखेर अर्कैको घरमा राखेको, बच्चा जन्मिँदासम्म कुनै हेरबिचार नगरेको, बच्चा जन्माएको ६ दिनमा सार्वजनिक बसमा भारत पानीटंकीसम्म लिएर आएको’ उल्लेख गरेकी छन् । उनले एक हप्ताको सुत्केरीलाई आराम दिनुको सट्टा उक्त परिवारले सार्वजनिक बसमा सिक्किम पुर्याएको र बच्चा बिक्री गरेको दाबी गरेकी छन् ।

बच्चा बिक्री गरेर नेपाल फर्किएपछि युवती भागेर झापा विर्तामोडस्थित बुट्टाबारीमा रहेको नाताले दाजु पर्नेको घरमा पुगिन् । आफ्नो बच्चा बिक्री भएको सुनाएपछि गाउँलेहरु भेला भए र तुरुन्त बच्चा फिर्ता ल्याउन भट्टराई परिवारलाई दबाब दिए । त्यसपछि भट्टराईले शिशु फिर्ता ल्याए । तर, युवतीमाथिको हिंसा भट्टराई परिवारबाट रोकिएन । भट्टराई परिवारले बच्चाको स्याहार सुसारको लागि खर्च नदिँदा ती युवतीले मागेर जीवन गुजारेको आफूले देखेको छिमेकी बताउँछन् ।

यस्तै बच्चालाई अन्तै कतै छोडेर विदेश जान युवतीलाई दबाब दिने गरेको पनि उनीहरुको दाबी छ । घरमा रहँदा पनि युवतीमाथि अनेक खालका गाली गलौज र हिंसाका घटना भइरहने गरेको छिमेकी दाबी गर्छन् ।

घटनाको विषयमा सोमबार बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्ष अनिल वाग्लेको रोहबरमा छलफलसमेत भएको थियो । उर्लिएर पुगेका गाउँलेसामू भट्टराई परिवारले बुहारी स्वीकार गर्ने भन्दै जिम्मा लिएर गए । यद्यपि ती युवती र शिशुको अवस्था खतरामुक्त नरहेको छिमेकी बताउँछन् ।

यो विषयमा मौखिक रुपमा निवेदन आएको थियो । त्यसपछि बुहारीको रुपमा भीम भट्टराईले र श्रीमतीको रुपमा पुरनले स्वीकार गरेपछि त्यही अनुसार हामीले सहमति गरेर पठाइदियौँ,’ वडाध्यक्ष वाग्लेले भने, ‘उहाँहरुबिच केही विषयमा विवाद थियो, उक्त विवाद हामीले मिलाएर पठाइदियौँ । अबदेखि विगतका कमजोरी नगर्ने भन्ने मौखिक सहमति भएको छ ।’

भट्टराई बाबुछोरा नै पण्डित्याइँ गर्दछन् । तर, उनीहरुले हालसम्म तीन महिनाको शिशुको न्वारानसमेत नगरेको युवतीले बताएकी छन् । ‘निज व्यक्तिले आमा छोरीको भविष्यमाथि ठूलो खेलवाड गरी आएको हुँदा यस कार्यालयबाट निज व्यक्तिलाई झिकाई छलफल गरी निजका छोरी र श्रीमतीलाई जिउन औषधि उपचार, लत्ता कपडा सम्पूर्ण मानव जीवनका लागि आवश्यक पर्ने कुराहरुको बन्दोबस्त पार्न लगाई आमा र छोरीलाई न्याय दिलाइ दिनुहुन निवेदनका साथ अनुरोध गर्दछु,’ पुस ९ गते पीडित युवतीले सनातन हिन्दु राष्ट्र अभियान नेपाल जिल्ला समिति झापालाई दिएको निवेदनमा उल्लेख छ ।

हजारौँ मान्छेहरूको अगाडि ब्यासमा बसेर पुराण भन्ने पण्डितबाटै यो कर्म हुन्छ भन्ने कसरी सुन्नु रु,’ प्रगति रिजालले आफ्नो फेसबुकमा शेयर गरेको भिडियोमा उल्लेख गरेकी छन् । पण्डित परिवारले ती युवतीलाई उनको नाङ्गो भिडियो बनाएर फेसबुकमा हाल्दिने धम्की पनि दिने गरेको स्रोतको दाबी छ । केटा पक्षले अर्को केटीसँग विवाहको तयारी समेत गरेको थाहा पाएको रिजालले दाबी गरेकी छन् ।

यता, पण्डित भीमप्रसाद भट्टराईले भने घटना मिलाइसकेको बताए । नातिनीलाई बिक्री गर्न चाहिँ लानु भएको हो कि होइन रु भन्ने प्रश्नमा उनले भने, ‘बिक्री गर्न लगेको भए हाम्रो नातिनी हामीसँग हुन्छ रु भन्नु त रु’ जन्मदर्ता किन नगराउनु भएको भन्ने प्रश्नमा भोलि दर्ता गराइदिने उनले बताए ।

सिक्किमा लगेर बेचेको भन्ने कुरा गलत रहेको उनले बताए । ‘मैले बुहारी र नातिनीलाई दुःख दिएको होइन । मेरी श्रीमती फोक्सोको बिरामी थिइन् । त्यसपछि मैले सालीको घरमा लगेर बुहारीलाई राखेको हो । हाम्रो परिवार हामी मिलेका छौँ । बुहारी स्वीकार गरेर राखेका छौँ । भदौमै ल्याएर राखेका हौँ । पछि हामी बाउछोरा नै गएर लिएर आएका हौँ । नानी पनि सँगै लिएर आएका हौँ । बुहारी सिधा छिन् । उनलाई सिकाएर अरुले उक्साएर यस्तो भएको हो,’ उनले भने, ‘बेचिसकेको नानी फेरि कसले ल्याउन सक्थ्यो त रु प्रमाणित हुनु परेन रु अप्रमाणित बोलेर भएन नि रु यो एकपक्षीय हिसावले हाम्रो परिवारमाथि कसैले खेलवाड गर्न खोजिएको हो । त्यस्तो केही होइन ।’
सनातन हिन्दु राष्ट्र नेपालमा परेको उजुरीमाथि भने आजै छलफल हुने उनले बताए । तपाईंले न्वारान पनि गरिदिनुभएन अरे भन्ने प्रश्नमा उनले भने, ‘हामीले लक्ष्मी नाम राखेर घरमा न्वारान गरेका छौँ ।’

भिडियो किन आयो त रु त्यसविरुद्ध उजुरी दिनुहुँदैन भन्ने प्रश्नमा उनले भने, ‘नानीको जन्म दर्ता गरेपछि भिडियो हाल्नेले भिडियो नै हटाउने भनेको छ । मान्छेले गरी खाएको देखिसहेनन् ।’

ती युवतीले सनातन हिन्दू राष्ट्र अभियान नेपाल जिल्ला समिति झापालाई दिएको निवेदनमा भने ‘मिति २०८० भदौ २५ मा एक सन्तान छोरीको जन्म भएको छोरी जन्मेको ६ दिनमा बाबुले सो नानीलाई सिक्किम लगी एक शाखा सन्तानहरु नभएको व्यक्ति प्रधान थरका व्यक्तिलाई लगेर विक्री गरेको र आमाले सोध्दा नानी काठमाडौँमा छ भनेर ढाँटीरहेका र बाबु पुरन भट्टराईलाई भेट गरी पञ्चभलाद्मी राखी बच्चालाई र बुबा दुवैलाई नेपाल स्थायी बसोबास गरेको स्थानमा ल्याएको’ उल्लेख गरेकी छन् । साभाररातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement