Advertisement
Advertisement
Advertisement
Advertisement

एक वर्षमा कास्कीमा १३ जना गर्भवतीले ज्यान गुमाए

  |      13:56:00   |  
web image
web image

पुस १८,काठमाडौं । खोलामा माछा मार्ने क्रममा मंसिर ५ गते पोखरा महानगरपालिका–२९ का भीमलाल सुनार र उनकी ४६ वर्षीय श्रीमती सावित्री सुनारको करेन्ट लागेर मृत्यु भयो । माछा मार्ने क्रममा करेन्ट लागेर मृत्युवरण गर्न पुगेकी सावित्री त्यतिबेला गर्भवती थिइन् ।

भदौ पहिलो हप्ता पोखरामा एक महिलाले आफैंलाई पेट्रोल छर्किएर आगो लगाइन् । उनको मृत्युपछि पोस्टमार्टमका बेला उनी गर्भवती रहेको खुलेको थियो ।

पोखरा महानगर स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९र८० मा १३ जना गर्भवतीले ज्यान गुमाए त्यसमध्ये सबैभन्दा धेरै अर्थात् ७ जना महानगरभित्रै बसोबास गर्ने महिला छन् ।

पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरीक्षक सविना श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा पनि साउनयता २ जना गर्भवतीको मृत्यु भइसकेको छ । ‘गर्भवतीको मृत्यु हुने एउटै कारण छैन, प्रत्येकको फरक फरक कारण देखिन्छ’, उनले भनिन् ।

पोखरा महानगरमा यस वर्ष ६ हजार महिला सुुत्केरी हुने अनुमान गरिएको स्वास्थ्य महाशाखाले अनुमान गरेको छ । गत आर्थिक वर्ष २०७९र८० मा पोखरामा महानगर क्षेत्रभित्रका कास्की जिल्ला र अन्य जिल्लाका गरी १३ हजार महिला सुुत्केरी भएको तथ्यांक रहेको महानगर नर्सिङ निरीक्षक श्रेष्ठले बताइन् ।

महानगरमा बढिरहेको मातृ मृत्युदरबारे मंगलबार पोखरा महानगरमा मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक बसेको थियो । मातृ मृत्युदर न्युनीकरण गर्ने उद्देश्यले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा गठित उक्त समितिले मातृ मृत्यु कारणबारे छलफल गर्दै समुुदायमा कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

समितिको बैठकले मासमितिको बैठकले मातृ मृत्युदर न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको बताइन् । ‘आमा र शिशुको मृत्यु हुन नदिनेबारे जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि बैठकले कार्ययोजना बनाउने निर्णय गर्‍यो’, महानगर नर्सिङ निरीक्षक श्रेष्ठले भनिन् ।

उनका अनुसार पहिलो प्राथमिकता गर्भवती आमाको सुरक्षामा ध्यान दिने गरी कार्यक्रम तय गरिएको छ । महानगरले तयार पारेका कार्यक्रमलाई जनसमुदायमा पुर्‍याउने गरी योजना बनाउने र त्यसको कार्यान्वयन स्वास्थ्य संस्थाहरुले गर्ने बताइ्न । उनले भनिन्, ‘मातृ मृत्युुलाई कम गराउन स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्वि गर्ने र पूूर्वाधार युक्त बनाउने कार्यमा समितिले पहल गर्छ ।’

गभर्वतीको मृत्यु हुनेबित्तिकै त्यसबारे अध्ययन गर्ने चिकित्सकले मृत्युको कारण पत्ता लगाएर समितिलाई प्रतिवेदन बुझाउने र त्यसपछिमात्रै बैठकले आगामी कार्ययोजना तयार गर्ने नर्सिङ निरीक्षक श्रेष्ठले बताइन् ।

बैठकमा गर्भवतीलाई जाँच गर्दा फरकफरक कार्ड दिने गरिएको भन्दै त्यसलाई एउटै बनाउन पनि सुझाव दिइएको थियो । बैठकमा सहभागी भएकी डा। जुुनु श्रेष्ठले महिला गर्भवती हुन मानसिक र शारीरिक रुपमा तयार हुनुपर्ने बताइन् ।

श्रेष्ठले महिलाको अवस्थाबारे नबुुझी गर्भधारण गर्दा आमाको मृत्यु हुने गरेको बताइन् । ‘मृत्युदर मानसिक स्वास्थ्य र विभिन्न रोगका कारण बढेको छ’, उनले भनिन्, ‘उनले अझै पनि जनचेतनामूलक कार्यक्रमको खाँचो देखिन्छ ।’

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मातृ मृत्युको कारण पत्ता लगाएर त्यसको न्यूूनीकरणमा लाग्नुपर्ने बताइन् । पछिल्लो समय शिक्षित भनिएका गर्भवतीको पनि मृत्युदर बढेकाले सचेतना सबै वर्गमा पुर्‍याउन जरुरी रहेको सुनाइन् ।
अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement