Advertisement
Advertisement
Advertisement
Advertisement

एक वर्षपछि पक्राउ परे महिलालाई जबरजस्ती करणी गर्ने वृद्ध

  |      14:22:00   |  
एक वर्षपछि पक्राउ परे महिलालाई जबरजस्ती करणी गर्ने वृद्ध

फागुन २०, काठमाडौं । अर्घाखाँचीमा महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा न। १२ कल्लाबोटका ६३ वर्षीय गोबिन्दप्रसाद बस्याल अशक्त र बौद्धिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वर्षपछि पक्राउ परेका हुन्।

प्रहरीका अनुसार बस्यालले २०८० साल माघ १९ गते ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए। उनलाई गत फागुन १८ गते सन्धिखर्क– १ बाट पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार पीडित महिला गर्भवती भएपछि परिवारले सोधीखोजी गर्दै जाँदा बस्यालले पटकपटक जबरजस्ती करणी गर्दै आएको र सोही क्रममा गर्भवती भएको भन्दै गत जेठ ३२ गते प्रहरीमा उजुरी दिएका थिए। 

पीडित महिला र परिवारको उजुरीपछि आरोपित बस्याल फरार रहेको कारण पक्राउ पर्न सकेका थिएनन्। उनको खोजी गर्दै जाँदा यही फागुन १८ गते पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार जबरजस्ती करणीबाट गर्भवती बनेकी महिलाले गत कात्तिक २८ गते छोरालाई जन्म दिएकी छन्।
प्रहरीले पक्राउ परेका बस्याललाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै, जिल्ला अदालत अर्घाखाँचीबाट जबरजस्ती करणी तथा बाल विवाह मुद्दामा सजाय तोकिएका दुई जना ६ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पक्राउ पर्नेहरूमा प्यूठानको झिमरूक गाउँपालिका वडा न। १ की २९ वर्षीय बसन्ता केसी र २७ वर्षीय रेखा केसी रहेका छन्। 

घटना विवरण अनुसार पक्राउ परेका दुबै जनाले २०७४ साल चैत २६ गते स्थानीय १४ वर्षीय किशोरीलाई विभिन्न प्रलोभन देखाई अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं। ९ का लोकेन्द्र भुसालसँग रागामारे मन्दिरमा लगेर विवाह गराइदिएका थिए। 

विवाहपछि भुसालले किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

भुसालले किशोरीसँग विवाह गरी जबरजस्ती करणी गरेको र बसन्ता र रेखा केसीले मतियारको भूमिका खेलेको भन्दै उनीहरूविरूद्ध जिल्ला अदालतले २०७५ माघ ८ गते जबरजस्ती करणी तथा बाल विवाहसम्बन्धी मुद्दामा जनही २र२ महिना सजाय तोकेको थियो। 

भुसाललाई भने जबरजस्ती करणी मुद्दामा जनही ६ वर्ष र बालविवाह मुद्दामा २ वर्ष २ महिना गरी ८ वर्ष २ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको उक्त आदेशपछि उनले जिल्ला कारागार अर्घाखाँचीमा कैद भुक्तान गरिरहेका छन्। 

फरार रहेका बसन्ता र रेखालाई सन्धिखर्क– १ शान्ति बगैंचाबाट पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement