पुस २९ ,काठमाडौं । एक महिलाको बर्दियाको मधुवनी नगरपालीका-४ मा आगो ताप्ने क्रममा मृत्यु भएको छ ।
आइतबार विहान ३ बजे मधुवनी-४ बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको आफ्नै बरण्डामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।
लुगामा आगो सल्किएपछि महिलाको घटना स्थलमा मृत्यु भएको बर्दियाको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार घटनाका बारे थप अनुसन्धान भइरहेको बताएको छ ।