Advertisement
Advertisement
Advertisement
Advertisement

उमेर नपुग्दै आमा

  |      11:00:00   |  
वेब तस्विर
वेब तस्विर

माघ ३, हुम्ला। कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्। यस्तै बाल विवाहको शिकार हुन पुगेकी छिन सर्केगार्ड गाउँपालिका ३ स्थित उनापानी गाउँकी मनमती सार्की।  उनी उमेरले १६ वर्ष पुरा भएर १७ टेक्न थालेकी छन्। तर १७ बर्ष पुग्न नपाउँदै २ सन्तानकी आमा बनिसकिन मनमती। १४ बर्षको उमेरमा आमा बनेकी उनिसंग अहिले ३ वर्षको छोरा र ६ महिनाकी छोरी छन्। मनमती मात्र होइन उनीजस्तै धेरै किशोरीहरु बाल विवाहको चपेटामा परेका छन्। 

 

पुसको पहिलो हप्ता छोरा जन्माएकी दुधकली सार्की अहिले १५ वर्षकी पुगिन्। सुत्केरी भएर १५ दिन गोठमै बस्नु पर्ने, पुसको कठ्याङ्ग्रिने चिसोमा ओढ्ने ओछ्याउने प्रशस्त नभएपछि २ बच्चाको स्याहार गर्न गाह्रो भएकोले सुत्केरी अवस्थामैे राम्रो स्याहार नहुँदा जन्मको १३ दिनमै छोरा गुमाएकी दुधकला १३ बर्षको उमेरमा विवाह गरी १५ बर्ष पुग्न नपाउँदै २ सन्तानकी आमा बनेकी छिन। प्रजनन स्वास्थ्यमा ध्यान नभएका कारण समस्या भोग्नुपरेको उनको भनाई छ।  गर्भवती भएको अवस्थामा स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउनुपर्छ भन्ने जानकारी समेत छैन यहाँका किशोरीलाई। ‘हामीलाई थाहा नै छैन स्वास्थ्य संस्थामा गएर चेक गर्दा र त्यहीँ सुत्केरी भए भत्ता पनि पाइने रैछ’, अचम्म मान्दै १६ वर्षकी सुपुरी कामीले भनिन। सानैमा विवाह गरेका यिनीहरु उमेर भन्न हिच्किचाउँछन्। बुहारी बनेपछि घरको सबै काम आफैले गर्नुपर्छ। के गर्ने के नगर्ने केही पनि थाहा हुँदैन, काम गर्न गाह्रो हुन्छ भन्छिन सुपुरी। यसरी उमेर नपुग्दै विवाहा गर्ने यिनीहरु त जिल्लाका प्रतिनिधि पात्र मात्रै हुन्।

 

हुम्लाको सर्केगार्ड गाउँपालिका २ स्थित उनापानी गाउँमा अनौठो संस्कार छ। कोही महिला गर्भवती भएको समयमै हात माग्छन त कोही जन्मी सकेपछि पोत लगाई दिन्छन, ‘तपाइकी छोरी भए मेरो छोरालाई दिनुपर्छ’ वा ‘तपाइको छोरा भए मेरी छोरी दिन्छु’ भन्दै हात माग्न जाने चलन अझै छ हुम्लामा। बच्चा जन्मेको एक÷दुई वर्षमा छोरी मान्छेलाई सिक्काको माला, वा पोते लगाएर अबदेखि मेरो भयो भन्दै बच्चा जन्मेको एक दुई वर्षमा छोरालाई बुहारीका लागि सानैमा हात माग्ने भन्दै पोते लगाउने पुरानो चलन अहिले पहिलाको तुलनामा घट्दै गइरहेको भए पनि निर्मुल चै हुन नसकेको सर्केगार्ड गाउँपालिका २ का स्थानीय गोइध्या फडेराले बताए।  हुम्लाका अधिकांश किशोरीहरु विद्यालय जाने उमेरमै आमा बन्ने गरेका छन्। किशोरीहरु विहेपछि विद्यालय जानै छाड्ने गरेको स्थानीय सबिता थापाले बताइन्। जनचेतनाका कमीले विवाहका लागि किशोर किशोरीहरु विद्यालयबाटै भाग्ने गरेका छन्। यो चलन जिल्ला भरी कुसंस्कारको रुपमा रहेको भएपनि बिशेष गरी बाहुन र दलित बस्तीहरुमा बिद्यमान अबस्थामा रहेको छ।नागरीक खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement