Advertisement
Advertisement
Advertisement
Advertisement

उपत्यकाको वातावरण फोहरले प्रदूषण

  |      13:44:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ ३, काठमाडौं । काठमाडौं उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् । 

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मले आज यहाँ आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले उक्त जानकारी दिनुभएको हो । पछिल्लो समय काठमाडौँको वातावरणका कारण नागरिक विभिन्न रोगको शिकार बन्नुपरेको भन्दै डा ढकालले यस विषयमा सबैले चासो बढाउनुपर्ने बताउनुभयो । काठमाडौँमा खेती गर्ने जग्गा छैन, तरकारी, मासुलगायत सम्पूर्ण खाद्य सामग्री बाहिरबाट आयात गर्नुपर्छ तीमध्ये सबैभन्दा बढी मासुजन्य बस्तु र तरकारीबाट बढी फोहर भित्रिने गरेको छ । 

 

“ती सामग्रीबाट निस्कने फोहरलाई उपत्यका बाहिर नै व्यवस्थापन गरी खान योग्यलाई मात्र काठमाडाँै ल्याउनुपर्छ, अन्यथा कुनै एक स्थानमा मात्र सबै ठाउँको फोहर व्यवस्थापन गरेर शहर सफा हँुदैन,” ढकालले भन्नुभयो । 

 

वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले अझै पनि विभाग नीतिगत रूपमा स्पष्ट नभएको भन्दै काम गर्ने वातावरणका लागि पहिले नीति बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले थप्नुभयो, “उपत्यकाको फोहर व्यवस्थापन चुनौतीको रूपमा खडा भएको र त्यसको लागि खाद्य सामग्रीसँगै आउने फोहर बस्तु बाहिरी जिल्लामा नै व्यवस्थापन गरेर मात्र ल्याउनुपर्छ, नत्र समस्या थपिदै जान्छ । उपत्यकाबाट दैनिक बाह्र सय र काठमाडौँ महानगरपालिकाबाट दैनिक पाँच सय मेट्रिकटन फोहर निस्कन्छ । तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । विभागका करीब २५ कर्मचारीलाई आगामाी शुक्रबारसम्म तालीम सञ्चालन गरिनेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement