►इश्वर बलम्पाकी मगर
पुस २६, उदयपुर । उदयपुरमा लैंगिक हिंसा नियन्त्रणका लागि जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका सेवा निर्देशनालयको निर्देशन बमोजिम गठन गरिएको हो । समितिको संयोजक जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रदेव राई छन् । सदस्य सचिवमा प्रहरी सहायक निरीक्षक उमा गुरुङ, सदस्यहरुमा नागरिक समाजको तर्फबाट कौशल चेम्जोङ, माया भण्डारी, गैससको तर्फबाट सृजना दनुवार, सञ्चार क्षेत्रबाट भोटराज राई, नेपाल बार एशोसिएसनबाट शिवकुमार कार्की, उद्योग वाणिज्यको तर्फबाट गजेन्द्र भगत छन् ।
यस्तै मानव अधिकारको क्षेत्रबाट भरत खड्का , ओरेकको तर्फबाट सरस्वती दनुवार, महिला अधिकारकर्मीको तर्फबाट रामवती चौधरी, बाल क्लवको तर्फबाट सरोज खत्री , न्यायीक समितिकोे तर्फबाट बिना पाण्डे, त्रियुगा नगरपालिकाबाट सर्मिला देवकोटा, शिक्षा क्षेत्रबाट देवि पराजुली, जंगबहादुर खड्का, रहेका छन् । समितिले जिल्लामा हुने लैंगिक हिंसा विरुद्धको अभियान, गतिविधी सञ्चालन गर्दै सबैखाले हिंसा नियन्त्रण गर्न भूमिका खेल्ने बताइएको छ ।
महिला खबर