Advertisement
Advertisement
Advertisement
Advertisement

आवासीय विद्यालय भएपछि गाउँमै फर्किए विद्यार्थी

  |      12:35:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २५, मनाङ । गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले गाउँमै फर्काउन सफल भएको छ । 

 

गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी गाउँमै फर्किएर भर्ना हुन थालेका हुन् । 

 

गुणस्तरीय शिक्षा आजको अवश्यकता महसुस गर्दै विद्यालय शिक्षालाई पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । मनाङमा स्थानीय विद्यार्थीभन्दा बाहिरी विद्यार्थी बढी भएकाले आवासीय विद्यालयको आवश्यकता रहेको उनको भनाइ थियो । 

 

भौगोलिक विकटताले बालबालिकाको पहुँचमा विद्यालय नहुनु र विद्यालय भएको ठाउँमा पनि बालबालिका नहुँदा केही विद्यालय बन्द हुने अवस्थामा पुगेकाले शिक्षामा सुधार ल्याउन आवासीय विद्यालय बनाइएको हो । 

 

गुणस्तरीय शिक्षाको अभाबमा स्थानीयवासीका अधिकांश बच्चा जिल्ला बाहिर जाने र अन्यत्र जिल्लाबाट यहाँ काम गर्न आउने कामदारका बच्चाले विद्यालय धान्नुपरेको थियो । यसरी अस्थायी विद्यार्थीले विद्यालय सञ्चालन गर्दा विद्यालय नै चल्ने नचल्ने अन्योल रहेको अवस्थामा आवासीयको अवधारणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए । 

 

गत शैक्षिकशत्रमा जम्मा ६० विद्यार्थी रहेको यस विद्यालयमा आवासीय बनेपछि २५० जना पुगेको उनको भनाइ छ । विद्यालयमा नै बसोबास र खानाखाजाको व्यवस्थासँगै शिक्षकको रेखदेखमा विद्यार्थी रहने हुँदा अभिभावक पनि खुशी भएका छन् ।

 

अभिभावक काइली गुरुङले भनिन्, “छोराछोरीलाई घरमा आफूले पढाउनका लागि समय दिन नपाउने तर टाढा हुँदा बिगे्रलान की भन्ने चिन्ताका साथै भेट्न जान पनि गाह्रो हुन्थ्यो तर यहाँ भएपछि दैनिक भेटघाट गर्न सकिन्छ ।” 

 

आवासीय विद्यालयसँगै मन्टेश्वरी कक्षा र अंग्रेजी माध्यमको पढाइले बाहिरी विद्यार्थीको समेत मन तानेको छ । हाल यस विद्यालयमा कक्षा नर्सरीदेखी १२ सम्म पढाइ हुँदै आएको छ । बाहिरीएका विद्यार्थीसँगै अन्य विद्यालयबाट भर्ना हुन आउने लहर नै चलेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement