Advertisement
Advertisement
Advertisement
Advertisement

आर्मी र बागमती पीएम कप महिला क्रिकेटको सुपर फोरमा

  |      16:18:00   |  
आर्मी र बागमती पीएम कप महिला क्रिकेटको सुपर फोरमा

माघ ८, काठमाडौं । त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् । आर्मी समूह बीुको विजेता र बागमती उपविजेता बन्दै सुपर फोरमा पुगेका हुन् ।  

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको समूह बीुको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले र बागमतीले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरे । 

समान चार अंक भएपनि आर्मी समूह विजेता र बागमती उपविजेता बनेका हुन् । समान ४ अंक भएपनि रनरेटमा पछि पर्दै कोशी समूह चरणमै रोकियो । मधेश भने अंकविहीन बन्यो ।

हुस्सुका कारण ७ ओभरमा छोट्याइएको खेलमा कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले ६।२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा सम्झना खड्काले एक्लै ३२ रनको योगदान गरिन् ।

पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ३६ रन जोडेको थियो । कोशीका लागि स्मृती कटवालले सर्वाधिक १४ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

अर्को खेलमा मधेशले दिएको ४१ रनको लक्ष्य बागमतीले ६।४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा यासु पाण्डेले १९ रन बनाइन् ।

पहिला ब्याटिङ गरेको मधेश भने १५।५ ओभरमा ४० रनमा अलआउट भएको थियो । मधेशका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । बरु बागमतीका बलरले १० रन अतिरिक्त दिएका थिए ।

मधेशलाई सस्तैमा समेट्न कञ्चन श्रेष्ठले ४ र विपिशा शाहीले २ विकेट लिइन् ।

समूह ‘ए’ बाट सशस्त्र प्रहरीको एपीएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।

सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबीच शनिबार फाइनल हुनेछ । दुवै समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement