Advertisement
Advertisement
Advertisement
Advertisement

आर्थिक अभावमा महिला बन्दीगृह अलपत्र

  |      13:36:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ७, पर्वत ।  जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन धौलागिरिकै पहिलो महिला बन्दीगृह आर्थिक अभावमा अलपत्र बनेको छ । 

 

निर्माण शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो ।

 

 कूल २५ जना क्षमताको उक्त बन्दीगृहका लागि रु. ७२ लाख छुट्टयाइएकोमध्ये तत्कालीन समयमा रु. १४ लाखमात्र निकासा भएको थियो ।  पटकपटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि पर्वत कारागारमा निर्माणाधीन अवस्थाको बन्दीगृह निर्माण प्रभावित बनेको हो ।

 

 कारागार कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले भने, “अलपत्र अवस्थाको बन्दीगृह सम्पन्न गर्न वर्षेनी बजेट माग गरेको भए पनि कुनै सुनुवाइ भएको छैन, आर्थिक अभावले पूर्णता दिन सकिएको छैन ।” 

 

निकासा भएको रु. १४ लाखले पर्खाल निर्माणको आधा काम सकियो । अहिले निर्माणाधीन सो बन्दीगृहमा झारपात हुर्किएको छ । पर्खालसमेत जीर्ण बनेको छ । विसं २०६६ माघबाट निर्माण शुरु गरिएको बन्दीगृहको १० प्रतिशत पनि काम सकिएको छैन ।

 

एक वर्षभित्रै निर्माण सक्ने लक्ष्यसाथ निर्माण थालिए पनि समयमै बजेट निकासा नहुँदा अलपत्र बनेको कार्यालय प्रमुख उपाध्यायले बताए । महिलाका लागि छुट्टै बन्दीगृह निर्माण गरिएको धौलागिरि क्षेत्रकै यो पहिलो हो । उक्त गृहमा बागलुङ, म्याग्दी र मुस्ताङका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण गरिएको थियो । 

 

पच्चीस कैदीबन्दी क्षमताको पर्वत कारागारमा अहिले पाँच महिलासहित ७८ कैदीबन्दी छन् जसमध्ये ७२ लाई कैद समय तोकिएको छ । छ थुनुवा छन् । महिला बन्दीगृह निर्माणपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमताभन्दा तेब्बरको सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ । 

 

सङ्ख्या अत्यधिक भएकैले दुई वर्षअघि कारागारमा कैदीबन्दीबीच झगडा भएको थियो । साँघुरो भवनमा ठूलो सङ्ख्या व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । तीनै तहका सरकार बनिसकेपछि अलपत्र बन्दीगृह निर्माणका लागि कसैले चासो नदिएको कार्यालयको गुनासो छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement