Advertisement
Advertisement
Advertisement
Advertisement

आरतीकी आमाले सन्तानको न्यायका लागि भन्दै धर्नास्थलमा छठ व्रत

  |      10:46:00   |  
web image
web image

मंसिर ४, काठमाडौं । आरतीकी आमाले सन्तानको न्यायका लागि भन्दै धर्नास्थलमा छठ व्रत बसिन् ।अघिल्ला वर्षमा उनी यतिबेला छोराछोरीको सुखको कामना गर्दै छठको व्रत बस्ने गर्थिन् । छठी माईसँग परिवारको दुःखकष्ट हटोस् भन्ने कामना गर्थिन् । धनुषाकी निर्मला साह यस वर्ष भने तिनै सन्तानको न्यायका लागि भन्दै दाइजोको निहुँमा छोरी आरतीले ज्यान गुमाएपछि दोषीलाई कारबाहीको माग गर्दै धर्नामा रहेकी उनले त्यही मनोकांक्षा राखेर छठको व्रत पनि बसेकी छन् ।

१ सय ५८ दिनदेखि छोरी आरतीको हत्या भएको भन्दै विरोधमा उनको परिवार न्याय माग्दै माइतीघर मण्डलमा  धर्नामा छ । सडकमै छठ पर्व मनाएका आरतीका परिवारको माग अझै पूरा भएको छैन । ‘छोरीको हत्यारालाई जेल पुर्‍याऊ छठी माई भन्दै व्रत बसेकी छु,’ निर्मला भन्छिन्, ‘देवीले सुन्छिन् कि भन्ने आशा छ ।’ माइतीघर मण्डलको चिसो भुइँमा दिनरात काट्दै आएकी उनीसँग छठी माईलाई पुज्ने सामग्री छैन । छ त केवल मनभरि आस्था र पीडा । उनी तीन दिनदेखि व्रत बसेकी छन् ।

बिहे गर्नुअघि दाइजोको मागअनुसार आरतीका बुबा विनोदले १६ तोला सुन र २५ तोला चाँदी केटा पक्षलाई दिए । केटा पक्षले लगाउने लुगादेखि गरगहनासम्मको खर्च आरतीकै बुबाआमाले बेहोरेको बताउँछन् ।

गृह मन्त्रालयले गत कात्तिक २० मा आरतीका परिवारलाई वार्तामा बोलाएको थियो । वार्तामा सहभागी भएका पीडित परिवारले ७ बुँदे मागसहित पत्र बुझाएका थिए । जसमा आरती साहको हत्यारालाई थुनामा पठाउनुपर्ने, पीडित परिवारलाई यातना दिने धनुषाका प्रहरीलाई निलम्बन गर्ने, न्यायिक छानबिन समिति गठन गर्ने, माइतीघरको धर्नास्थलमा भएका सांघातिक आक्रमण तथा अनुचित पक्राउ तथा यातनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, पोस्टमार्टम गलत बनाउने चिकित्सकमाथि कारबाही गर्नुपर्ने, जाहेरी दर्तामा निरुत्साहित गर्ने सरकारी वकिललाई कारबाही गर्नुपर्ने र लामो समय धर्ना बसेका पीडित परिवारमा शारीरिक अस्वस्थता र आर्थिक क्षति भएकाले क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement