Advertisement
Advertisement
Advertisement
Advertisement

आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी

  |      16:15:00   |  
आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी

असार ३०, बागलुङ । गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख हुनुहुन्छ । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उहाँलाई नयाँ सारङ्गी हातपरेको छ । उहाँ अहिले त्यही सारङ्गी रेट्नुहुन्छ र धुन भर्नुहुन्छ । लोपोन्मुख गन्धर्व जातिको लोकबाजा र संस्कृति संरक्षण गर्ने उद्देश्यले सारङ्गी प्रदान गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । दासा र समपोखरा गाउँमा पुख्र्यौली घर भएका अधिकांश गन्धर्व परिवार अहिले हटिया बजार बस्छन् ।

“गन्धर्वको सारङ्गी संस्कृति नै हराउन लाग्यो, एकाध मात्रैले गाउने र बजाउने गर्नुहुन्छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो, “मौलिक परम्परा नहराओस्, नयाँ पुस्ताले पनि सिकोस् भन्ने हाम्रो उद्देश्य हो ।”

वडा नं ३ हटियामा ३५ घर गन्धर्व परिवार छन् । उनीहरु ज्याला मजदुरी गरेर खर्च धान्छन् । पुस्तैनी सारङ्गी वादन र गायन पेशा हराउने स्थितिमा पुगेको छ । दीपकले इच्छुकलाई सारङ्गी वादनको सीप सिकाउने बताउनुभयो । घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वको विशेषता हो । अहिले पनि कतिपय गन्धर्व समुदायका कलाकारले सारङ्गी रेटेर जीवन चलाउँछन् । केही दिनअघि गन्धर्वलाई सारङ्गी दिएको वडाले आइतबार आमा समूहहरुलाई मादल र खैँजडी वितरण ग¥यो । 

वडाभित्रका १३ आमा समूहलाई वाद्यवादनका सामग्री प्रदान गरिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । “मादल, खैँजडी र सारङ्गीमा मात्र ६४ हजार भन्दाबढी खर्च भएको छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो । गाउँठाउँमा भजन संस्कृतिको जगेर्ना गर्दै आएका आमा समूह वडाबाट लोकबाजा पाएपछि उत्साहित छन् । वडाले दुई नौमती बाजा समूहलाई पोशाकसमेत प्रदान गरिएको जनाएको छ । ती समूहलाई एक÷एक दमाहा दिइएको छ । पुरानो पेशा, कला र संस्कृति उत्थानका लागि चालु आवमा वडाले रु तीन लाख बजेट छुट्टाएको थियो । सोहीमध्येबाट परम्परागत रुपमा आरान व्यवसाय चलाउँदै आएका १६ कालीगढलाई आरान सुधारका लागि उपकरण प्रदान गरिएको छ ।

“वडामा परम्परागत सामग्री जोगाउन सङ्ग्रहालयको काम अघि बढाइएको छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो, “ढिकी, जाँतो, ठेकाठेकी, मदानी, हलो, जुवा, सेखुजस्ता सामग्री सङ्कलन भइरहेको छ ।” सामग्री सङ्कलनमा हालसम्म रु। ३० हजारबढी खर्च भइसकेको छ । वडाले यो वर्ष भौतिक पूर्वाधारसँगै सामाजिक विकास, कला, संस्कृति र पर्यटनका क्षेत्रमा लगानी बढाएको छ । नगर गौरवको योजनामा परेको ऐतिहासक कोतघर जीर्णोद्वारको काम पनि तीव्र गतिमा भइरहेको वडाध्यक्ष भण्डारीले बताउनुभयो । 

गलकोट राज्यका पहिलो राजा जितारी मल्लले बनाएको कोतघर संरक्षणमा नगरपालिका कस्सिएको हो । उक्त योजनाका लागि चालु आवमा रु ५० लाख बजेट छुट्टाइएको थियो । कोतघरमा १६० किलो बराबरका दुई वटा खुकुरी प्रतिस्थापन गरिएको जनाइएको खबर राससले प्रकाशित गरेको छ । कला, संस्कृति र सम्पदाको उत्थानमा पछिल्लो समय स्थानीय तहले अग्रसरता बढाएका छन् । ओझेलमा पारिएका क्षेत्रले प्राथमिकता पाएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement