Advertisement
Advertisement
Advertisement
Advertisement

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

  |      13:32:00   |  
आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

पुष  २, दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी अस्मिता र मुना अभिभावक विहीन भएका छन् ।

 

गएको मंसिर १७ गते दोलखा जिरी नगरपालिका ९ का ३५ वर्षका तस्विरले श्रीमती राममाया तमाङलाई काठको चिर्पटले हिर्काएर हत्या गरेका थिए ।

 

राममायाको हत्यापछि प्रहरीले तस्विरलाई पक्राउ गर्यो । त्यसपछि तामाङ दम्पत्तीका दुई छोरी १७ वर्षकी अस्मिता र १२ वर्षकी मुना अभिभावक विहीन भएका हुन् ।


अभिभावक विहिन अस्मिता र मुना

 

कक्षा १० र कक्षा ६ मा पढिरहेका उनीहरुको पढाइ समेत अघि बढाउन समस्या भएको छ । अस्मिता र मुना सदरमुकाम चरिकोटमा भरीयाको काम गर्दै आएका बुबा तस्विरसँग बसेर पढ्दै थिए ।

 

जेठी छोरी अस्मिता चरिकोटको पशुपती कन्या मन्दिर माध्यामिक विद्यालयमा कक्षा १० मा पढ्छिन् भने मुना अल्पाईन बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययन गर्दै छिन् ।

 

अभिभावक विहीन बनेकी जेठी छोरी अस्मिताले विद्यालय तह सकेर स्टाफ नर्स बन्ने लक्ष्य लिएकी छिन् । आमाको हत्या गरेपछि बुबालाई पुलिसले पक्रिएको छ । बुबा आमा दुबै नभएपछि कसरी पढ्ने भन्ने चिन्ताले सताएको छ – अस्मिताले भनिन् ।

 

अस्मिताको हजुरबुबाले दुबै नातिनीलाई गाउँमा लगेर पढाउने बताएका छन् । तर उनीहरु विद्यालय तहको बाँकी शिक्षा पनि सदरमुकाम चरिकोटमै लिन चाहन्छन् । बैनी मुनाको पढाई राम्रो भएको र आफु पनि पढ्दै आएको विद्यालयमा नै पढ्न चाहेको अस्मिताले बताइन् ।

 

उनीहरु आमाको घटनापछि निराश र विक्षिप्त छन् । त्यो घटनालाई बिर्सिएर पढाइ अघि बढाउन चाहन्छन् । अस्मिताका अनुसार सदरमुकाम चरिकोटमा बुबासँग बसेर पढेको भएपनि खर्च र पढाइको बारेमा आमाले नै चासो दिने गर्थिन् । बाबाले खाने, बस्ने मात्र व्यवस्था गरिदिएको उनले बताइन् ।

 

अस्मिता र मुनाको मामा तेजकुमार पाख्रिन भान्जीहरुको पढाई राम्रो रहेको र उनीहरु सदरमुकाममै बसेर पढ्न चाहेको तर पढाउने खर्च नहुँदा बाजेले गाउँ लैजान खोजेको बताउँछन् । 

महिला खबरमा प्रकाशित खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement