असोज ४, काठमाडौं । नेपाल फर्निचर एण्ड जेम फ्लोरिगंले आजबाट राजधानीको भृकुटीमण्डपमा फ्लोरिसिंग एक्स्पो फर्नेक्स २०१८ सुरु गरेको छ । प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी ब्राण्डका फर्निचरहरु एक्स्पोमा राखिएका छन् ।
एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्रीप्रदर्शनीको मुख्यआकर्षण रहने छन् । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीमा देख्न पाइन्छ ।
सन् २०१२ देखि नियमित आयोजना हुँदै आएको एक्स्पो असोज ४ गतेसम्म चल्ने छ।
तस्विर : भक्तराज रसाइली