Advertisement
Advertisement
Advertisement
Advertisement

अस्पतालमा तोडफोड

  |      12:06:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ७, राजविराज । सर्पदंशमा परेका एक जना बालकको मृत्यु भएको विषयलाई लिएर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार तोडफोड गरिएको छ । 

 

रुपनी गाउँपालिका–६ तेरहौता निवासी अशोक साहका ढेड वर्षीय छोरा अरब साहलाई उपचारका लागि सो अस्पताल ल्याइएपछि चिकित्सकले बच्चाको मृत्यु भएको भन्दै शव परीक्षणको कक्षमा राखिदिएको र बच्चा ज्यूँदै फेला परेको भन्दै आक्रोशित स्थानीयवासीले तोडफोड गरेका हुन् । 

 

सर्पदंशमा परेका बच्चालाई उपचारका लागि ल्याए पनि सिधै मृत घोषणा गरी शव परीक्षण कक्षमा राखेको र पछि बच्चा ज्यूँदो फेला परेको दाबी गर्दै अस्पतालमा तोडफोड गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

 

मृत घोषणा गरिएका बच्चाका आफन्त तथा गाउँले अस्पताल आएर तोडफोड गर्दै नाराबाजीसमेत गरेका छन् । तोडफोड र नाराबाजीका कारण अस्पतालको आकस्मिक कक्षको सेवा पूर्णतः प्रभावित भएको थियो । प्रदर्शनकारीले अस्पतालको आकस्मिक कक्षका श्यया, कुर्सी, कम्प्युटर, टेबलसहितझ्यालका सिसासमेत फुटाइएको अस्पतालका सुपरिडेन्ट चुमनलाल दासले बताए।  

 

“हाम्रो टिमले हरेक जाँच गर्दा पनि बच्चा ज्यूँदो देखिएन”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास भन्छन्, “पारामेडिक र सर्जन चिकित्सकले जाँच गर्दासमेत बच्चाको मृत्यु भइसकेको थियो ।” उनले चिकित्सकको टोली राम्रोसँग काम गर्न खोज्दा पनि यसरी आक्रमण भएपछि चिकित्सकको मनोबल कमजोर भएको बताए ।

 

 बच्चाको मृत्यु भइसकेपछि बच्चाका अभिभावकले नै शव परीक्षण गराइदिन प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण कक्षमा लगिएको उनले जानकारी दिए। यद्यपि ज्यूँदै भनिएका बालकलाई उपचारका लागि सिरहाको चोहर्बास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगिए पनि त्यहाँ पनि मृत घोषणा गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement