Advertisement
Advertisement
Advertisement
Advertisement

अस्पतालमा चिकित्सकको अभाव

  |      12:31:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २८, उदयपुर ।  जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । 

 

दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । 

 

कटारी–८ सिरीसेका रामप्रसाद पौडेल भन्छन्, “एक महिना अगाडिसम्म अस्पतालमा आउने बित्तिकै केही समयमै डाक्टरले उपचार सेवा दिने गर्दथे, अहिले बिरामी लिएर आयो डाक्टर छैनन्, पर्खनुस् भनेर अस्पतालले भन्छ, दिनभरि बस्दा पनि पालो नआएपछि हैरानी खेप्नुपरेको छ ।” अस्पतालमा जनशक्ति अभाव भएपछि आफ्ना बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गर्न बाध्य हुनुपरेको कटारी रिस्कु–३ की कुमारी दनुवार बताउछिन् ।


 
यस विषयमा कटारी अस्पतालका प्रमुख डा गौरव साहले भने, “तीन जना अस्पतालका डाक्टर अन्यत्र गए, दुईजना यसअघिनै सरुवा लिएर अन्यत्र गए भने एक जना करारका डाक्टरले सरकारीमा नाम निकालेर अन्यत्र गएपछि अहिले अस्पताल सञ्चालन गर्न आफूलाई हम्मे परेको छ ।”  डाक्टर हिँडेपछि बिरामीको चाप थेगिनसक्नु भएको र सम्बन्धित मन्त्रालय तथा विभागमा समेत जानकारी गराए पनि अहिलेसम्म यसको सुनुवाइ नभएको डा साह बताउछन् । 

 

कटारी अस्पतालमा उदयपुरको पश्चिमी क्षेत्र, दक्षिणी ओखलढुङ्गा क्षेत्र र पूर्वी सिन्धुली क्षेत्रदेखि बिरामी ठूलो सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement